२०८३, ५ कार्तिक बिहीबार

कक्षा ११ को नतिजा सार्वजनिक

कक्षा ११ को नतिजा सार्वजनिक


२० असोज, काठमाडौँ कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षभन्दा झण्डै तीन महिना अघि नै कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो ।

नियमिततर्फ तीन लाख ३२ हजार आठ सय ९१, अक्षराङ्कन पद्धतीको आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार पाँच सय पाँच विद्यार्थीले परीक्षामा सहभागी भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित भएका थिए ।

नतिजा अनुसार नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने एक हजार एक सय १५ विद्यार्थी छन् । जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार नौ सय ४९, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार पाँच सय १५ विद्यार्थी छन् । त्यसैगरी २.४१ देखि २.८० ल्याउने ४८ हजार सात सय ३१, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार सात सय ७०, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार पाँच सय ९३ रहेका छन् । जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार चार सय ६, जिपिए ०.८१ देखि १।२० ल्याउने आठ हजार एक सय २७ र जिपिए ० देखि ०।८० ल्याउने २० हजार ६ सय ८५ रहेका छन् ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ११ : १७ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा