२०८२, १६ चैत्र मंगलबार

जङ्गली हात्तीको झुण्डले धानबाली सखाप पर्यो

जङ्गली हात्तीको झुण्डले धानबाली सखाप पर्यो


कञ्चनपुर, २० असोज: कञ्चनपुर शुक्लाफाँटा नगरपालिका चुरे फेदीको आधा दर्जनभन्दा बढी गाउँमा हात्तीको झुण्डले २० बिगाहा खेतमा लगाएको धानबाली सखाप पारेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हँुदै चुरे फेदीको राष्ट्रिय वनबाट बस्ती छिर्ने गरेको हात्तीले पाकेर काट्नै लागेको धानबालीमा व्यापक नोक्सानी गरेपछि किसान समस्यामा पारेका छन् ।

धानबाली जोगाउनका लागि स्थानीय बासिन्दाले रातभर आगो बालेर र ड्रम बजाएर जाग्राम बस्दै आएका छन् । बालबालिका र बुढापाकालाई हात्तीको आक्रमणबाट जोगाउन र घरभित्र भण्डारण गरिएको अन्न जोगाउनका लागि सुरक्षित स्थानमा राखिएको नगरपालिकाका वडाध्यक्ष बहादुरसिंह महराले बताउनुभयो । “ स्थानीय किसानको खेतमा क्षति नपुगोस् भनेर स्थानीय बासिन्दासँगै सामुदायिक वनको वन्यजन्तु सुरक्षा युनिटलाईसमेत परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो ।

“वर्षभरि खानका लागि खेतमा लगाइको धानबाली हात्तीको झुण्डले सखाप पारेपछि परिवार पाल्नका लागि धानको जोहो कहाँबाट गर्ने भन्ने चिन्ता थपिएको छ”, स्थानीय जयदेव भट्टले भन्नुभयो, “लगाएको धानबाली हात्तीले खाएपछि परिवारलाई भोक भोकै राख्नुपर्ने बाध्यता आइपरेको छ ।” “कमाइ गर्ने अर्को साधन छैन, हात्तीले एक बिगाहामा लगाएको धानबाली पूरै नोक्सान गरेको छ, खेतमै उत्पादन भएको धान बेचेर जनजीविका चलाउँदै आएका थियौँ, अब आउनै लागेका चाडपर्वको खर्च धान्नसमेत आफन्तलाई गुहार्नुपर्ने बाध्यता आइलागेको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाको वडा नं ८ ले सङ्कलन गरेको विवरणअनुसार भमरभोजका तीन, नौखरीका चार, पिलरीका तीन र बेलडाँडीका नौ गरी १९ परिवारको धानबाली हात्तीको झुण्डले नोक्सानी गरेको छ । बिहीबार मात्रै हात्तीको झुण्डले नगरपालिकाको वडा नं १ र ११ का २० जना किसानको ६६ कट्ठा जग्गामा लगाइएको धानबालीमा नोक्सानी गरेको थियो नगरपालिका कार्यालयले हात्ती नियन्त्रणका लागि कुनै पनि प्रयास नगर्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ९ : ०४ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा