२०८३, २५ आश्विन सोमबार

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव

निजी क्षेत्रको सहभागिता नभई समृद्धि हासिल हुन्न : मन्त्री यादव


बुटवल, २० असोज: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले निजी क्षेत्रको सहभागिता नभई आर्थिक समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४०औँ साधारणसभामा आज उहाँले निजी क्षेत्र पनि कानूनसम्मत ढङ्गले अघि बढेको अवस्थामा सरकारले सहयोग गर्ने बताउनुभयो । मन्त्री यादवले उद्योगी तथा व्यवसायीलाई नाफाको विषय मात्रै केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै देशको समृद्धिलाई ध्यान दिएर पनि प्रतिफल पाउन सकिने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले प्रभावकारी काम गरिरहेको छ र जनताको विश्वास टुुट्न दिदैनौँ ।” जनताले वर्तमान सरकारलाई पाँच वर्ष काम गर्न आदेश दिएको उल्लेख गर्दै मन्त्री यादवले आत्मनिर्भर अर्थतन्त्रका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश नं ५ का आन्तरिक कानून मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेश नं ५ मा उद्योग सञ्चालनको वातावरण बनेको बताउनुभयो ।

नेपाल उद्योग परिसरका अध्यक्ष हरिभक्त शर्माले कुनै पनि उद्योगलाई सरकारले अपहेलित गर्न नहुने भन्दै प्रदेश नं ५ मा उद्योगका सम्भावनासँगै चुनौती पनि रहेको धारणा व्यक्त गर्नुभयो । सो अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन तथा वनमन्त्री लीला गिरी, रुपन्देही उद्योग सङ्घका पूर्वअध्यक्ष एजाज आलम, सङ्घका अध्यक्ष गणेश अधिकारी लगायतले उद्योगीका लागि लगानीको वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ८ : ५८ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम