२०८१, ५ चैत्र बुधबार

मुख्यमन्त्री महेन्द्रबहादुर शाही

मुख्यमन्त्री महेन्द्रबहादुर शाही


जुम्ला, २० असोज: “भ्रष्टाचार नैतिकहिनको उद्यम हो । इज्जत सकिएकाको गलत पेशा हो । यो समाजबाट निरुत्साहित गर्न म प्रतिबद्ध छु र भ्रष्टाचार गर्दिन”, जनप्रतिनिधिसँग आज जुम्लामा आयोजित अन्तक्र्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्कल्प गर्नुभयो । कर्णालीमा डोजर आतङ्कको जनगुनासो आइरहँदा यसबाट सबै स्थानीय जनप्रतिनिधि पारदर्शी बन्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो । “म भ्रष्टाचार गर्दिन,” उहाँले भन्नुभयो, “र तपाई पनि नगर्नुस् ।” अब विकासका लागि स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने र त्यसको शुरुआत जुम्लाबाट गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले अगाडि भन्नुभयो, “लगानी भित्र्याउने जिम्मा मेरो हो, तपाईहरु यही सोचका साथ काम गर्नुहोस् ।” मुख्यमन्त्री शाहीले कर्णालीले नयाँ सिकाइ, सकारात्मक सोचका साथ अघि बढ्न आत्माप्रेरित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । कर्णालीलाई अन्तर्राष्ट्रिय व्यापारी केन्द्रका बनाइने भन्दै विकृत चीजविरुद्ध अभियान थाल्नुपर्ने उहाँको भनाइ थियो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी भन्नुभयो, “जनताको त्याग र बलिदानबाट निर्मित इतिहासमा अपराध र कमजोरी नगरौँ ।” “हामी स्थानीय सरकारका प्रमुखलाई पनि भुरेटाकुरे राजाको जस्तो दम्भ नपलाओस्”, उहाँले भन्नुभयो, “व्यवस्था असफल होइन, हामी असफल हुन्छौँ ।”
कर्णाली प्रदेशको समृद्धिको सपनामा सबै एकाकार हुन अपरिहार्य रहेको जनाउँदै कानूनमन्त्री भण्डारीले नमूनायोग्य र उत्कृष्ट स्थानीय तह निर्माणमा ध्यान दिएर प्रदेश समृद्धिमा सहयोग पु¥याउन जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो । अन्तक्र्रियामा जुम्लाका एक नगरपालिकाका प्रमुख, सात गाउँपालिकाका अध्यक्ष र ६० वटा वडाका वडाध्यक्षले स्थानीय सरकारको विगतको अनुभव, अनुभूति र विकास योजनाका विषयमा जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ८ : ४७ बजे

एनआरएन एकतालाई प्राथमिकता दिन मन्त्री पाण्डेको सुझाव

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था