२०८३, २२ आश्विन शुक्रबार

काभ्रे आएर राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले भने ‘तीन तहकै सरकार नमिलेसम्म देशमा विकास असम्भव’

काभ्रे आएर राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनाले भने ‘तीन तहकै सरकार नमिलेसम्म देशमा विकास असम्भव’


धुलिखेल/ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले तीनै तहका सरकार नमिल्दासम्म देशमा विकास सम्भव नरहेको बताएका छन् ।

नवनिर्मित विद्यालय भवन उद्घाटन गर्न शनिबार काभ्रेको पनौती पुगेका उनले स्थानीय तह, प्रदेश सरकार र केन्द्रिय सरकार बीचको समन्वयले मात्रै देशको विकास हुने बताएका हुन् । ‘ठूल ठूला विकासको काममा आजको भरे नै आमुल परिवर्तन आउँछ भन्ने त छैन्, उनले भने ‘तर दीर्घकालिन विकास गर्न सबैभन्दा बढी स्थानीय जनता जागरुक हुनुपर्छ, प्रदेश र केन्द्रले पर्याप्त समन्वय गरिदिनुपर्छ ।’

उनले कागजमा थुप्रै अधिकार मात्रै लेखेर नहुने तर्क गरे । ‘नागरिक समृद्ध भए मात्रै अधिकारको सहि उपभोग हुन्छ, उनले भने ‘त्यसका लागि उत्पादनमा हामीले ब्यापक परिवर्तन गर्न जरुरी छ, जुन अहिलेको उत्पादनले मुलुकलाई समृद्धि बनाउन गाह्रो पर्छ ।’

अध्यक्ष तिमल्सिनाले तीन तहको सरकार जस्तै अभिभावक, शिक्षक र विद्यार्थीको तालमेलले मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने दाबी गरे । उनले शिक्षा ब्यापार नभई सेवा भएकाले शिक्षकहरुलाई तलबसँग शिक्षण पेसा नजोड्न आग्रह गरे । ‘गुणस्तरीय शिक्षाका लागि सबैको मेहेनत आवश्यक पर्छ, उनले भने ‘शिक्षकशिक्षिकाको मेहेनतले कलिला बालबालिकाको भविष्य राम्रो बनाउन मद्दत पुर्याउँछ ।’

शिक्षक शिक्षिकाले कक्षा कोठामा गर्ने शिक्षण सिकाई क्रियाकलापले पनि बालबालिकालाई विद्यालयमा टिकाई राख्न ठूलो भूमिका निर्वाह गर्ने अध्यक्ष तिमल्सिनाको ठम्याइछ । ‘२५, ३० वर्षअघि आफुले हासिल गरेको ज्ञान र सिपले अहिलेका बालबालिकालाई पुग्दैन्, उनले भने ‘त्यसैले समयानुकुल शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रममा पनौती नगरपालिकाका मेयर भिम प्रसाद न्यौपानेले शिक्षक शिक्षिकालाई समयमा विद्यालय आउने र बालबालिकालाई मायालु वातावरणमा पठनपाठन गर्न सके सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुने बताए । ‘हामीले नीजी विद्यालयसँग सामुदायिक विद्यालयलाई प्रतिस्पर्धि बनाएर लैजानुपर्छ, उनले भने ‘त्यसका लागि नगरपालिकाले सामुदायिक विद्यालयहरुका समस्या बुझेर नीति, योजना तथा कार्यक्रम तय गरेको छ ।’

त्यस्तै ग्रामीय समाज कल्याण संघ (आर्सो) नेपालका अध्यक्ष जीत राम लामाले प्रविधियुक्त शिक्षामा सामुदायिक विद्यालयहरुको ध्यान जान जरुरी रहेको बताए । ‘संसारमा धेरै परिवर्तन आइसकेको छ, उनले भने ‘भूकम्पले भत्किएको विद्यालय भवन पनि नयाँ बनिसकेको छ, अब बालबालिकाहरुलाई नयाँ किसिमको शिक्षण सिकाई आवश्यक पर्छ ।’

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ७ : ४५ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य