२०८२, २१ असार शनिबार

पार्टी एकता चाँडै हुन्छ : अध्यक्ष थापा

पार्टी एकता चाँडै हुन्छ : अध्यक्ष थापा


काठमाडौँ, २० असोज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा परिवेशका विभिन्न पार्टीसंग चाँडै नै एकता हुने बताउनुभएको छ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा पार्टी सम्पर्क समाज समन्वय विभागद्वारा आज केन्द्रीय कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “राप्रपा परिवेशका विभिन्न पार्टीसंग यस बारे औपचारिक तथा अनौपचारिक वार्ता भइरहेको  ।”

अध्यक्ष थापाले नेपालीपन र पहिचान झल्काउने यी पर्वको विशिष्ट महत्व रहेको उल्लेख गर्दै नेपाली संस्कृतिको संरक्षण र सम्वद्र्र्धनमा पार्टी निरन्तर क्रियाशील रहेको बताउनुभयो । नेपाली संस्कृतिमा सदियौँदेखि स्थापित घटस्थापनाका दिनलाई सरकारले सार्वजनिक बिदा कटौती गर्न नहुने बताउँदै उहाँले मुलुकमा बसोबास गर्ने सबै जातजाति तथा समुदायको विभिन्न चाडपर्वले समाजिक सद्भाव र एकता अभिवृद्धि गर्नमा ठूलो सहयोग पु¥याइरहेको छ भन्नुभयो ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभाग प्रमुख भास्कर भद्रा, वरिष्ठ नेता बालाराम घर्तीमगर र प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापालगायतले प्राचीन परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नुहुने नवप्रवेशीलाई अध्यक्ष थापाले सदस्यता प्रदान गरी स्वागत गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ६ : १८ बजे

पौडेलले गरे जनसम्पर्क समितिको अधिवेशनको मिति प्रस्ताव

ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधि सभा अन्तरगत महिला तथा सामाजिक मामिला

डिजिटल व्यापार र लगानीमा सहकार्यका लागि बेलायती व्यवसायीहरुलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले

आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइदैँ

काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरि

पुल भत्किदा बनेपा–नाला– भक्तपुर सडक खण्ड अवरुद्ध

भक्तपुर । बनेपा नाला भक्तपुर सडक अन्तर्गत नाला पुलबजारको पुन्यमति