२०८३, ३ आश्विन आईतबार

देश बुबिहाल्ने अवस्था छैन : देवेन्द्र पौडेल

देश बुबिहाल्ने अवस्था छैन : देवेन्द्र पौडेल


कुश्मा, २० असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि डुबिहाल्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

जनताका अपेक्षा असीमित रहेको र राजनीतिक सङ्क्रमणबाट भर्खर देशले मुक्ति पाएकाले तीव्र गतिमा अघि बढ्न केही समय लाग्ने बताउँदै उहाँले प्रतिपक्षले भनेजस्तो देश तत्काल डुबिहाल्ने अवस्थामा नरहेको बताउनुभएको हो ।

कुश्मामा आज आयोजना गरिएको नवराज बरालको उपन्यास ‘नाम’को परिचर्चा कार्यक्रममा पौडेलले भन्नुभयो, “प्रतिपक्षले सोचेजस्तो देश डुब्ने अवस्थामा छैन, तर अपेक्षा गरेअनुसार अघि बढ्न समय लाग्छ ।” उहाँले भन्नुभयो, “भर्खर राजनीतिक सङ्क्रमणको अन्त्य भएको छ, छिट्टै महसुस हुनेगरी समृद्धि र विकासको महसुस गर्न सकिन्छ ।”

कार्यक्रममा सांसद तथा युवा नेता पदम गिरीले वामपन्थीको सरकारले केही गरेन भन्नु काङ्ग्रेसको झुठको खेती भएको आरोप लगाउँदै नतिजा आइहाल्ने समय नभएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ५ : ५० बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका