२०८२, ११ भाद्र बिहीबार

देश बुबिहाल्ने अवस्था छैन : देवेन्द्र पौडेल

देश बुबिहाल्ने अवस्था छैन : देवेन्द्र पौडेल


कुश्मा, २० असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले सोचेअनुसार देश समृद्धिको बाटोमा अघि बढ्न नसके पनि डुबिहाल्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

जनताका अपेक्षा असीमित रहेको र राजनीतिक सङ्क्रमणबाट भर्खर देशले मुक्ति पाएकाले तीव्र गतिमा अघि बढ्न केही समय लाग्ने बताउँदै उहाँले प्रतिपक्षले भनेजस्तो देश तत्काल डुबिहाल्ने अवस्थामा नरहेको बताउनुभएको हो ।

कुश्मामा आज आयोजना गरिएको नवराज बरालको उपन्यास ‘नाम’को परिचर्चा कार्यक्रममा पौडेलले भन्नुभयो, “प्रतिपक्षले सोचेजस्तो देश डुब्ने अवस्थामा छैन, तर अपेक्षा गरेअनुसार अघि बढ्न समय लाग्छ ।” उहाँले भन्नुभयो, “भर्खर राजनीतिक सङ्क्रमणको अन्त्य भएको छ, छिट्टै महसुस हुनेगरी समृद्धि र विकासको महसुस गर्न सकिन्छ ।”

कार्यक्रममा सांसद तथा युवा नेता पदम गिरीले वामपन्थीको सरकारले केही गरेन भन्नु काङ्ग्रेसको झुठको खेती भएको आरोप लगाउँदै नतिजा आइहाल्ने समय नभएको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ५ : ५० बजे

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको

आईटी क्षेत्रमा दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा

साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं । नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग

सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउनेछ फैसला ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखि चलेको

ऋषि पञ्चमी व्रत संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषि पञ्चमीको अवसरमा शुभकामना