२०८३, १५ श्रावण शनिबार

खाने कुराबारे यस्ता छन् रोचक जानकारी

खाने कुराबारे यस्ता छन् रोचक जानकारी


स्टिक आइसक्रिम अर्थात सिन्कामा जमेको आइसक्रिमको आविष्कार ११ वर्षीय एक युवक ‘ई–इपर्सन’ले सन् १९०५ मा गरेका हुन् ।ती युवकले रातको समयमा आफ्नो घरको पछाडि पट्टी ‘फ्लेभर्ड सोडा बटर’मा सिन्का राखेर छोडिदिए र अर्को दिन बिहान यो जमेको देखियो । त्यसपछि आइसक्रिमको उत्पादन सुरु भएको हो ।

वैज्ञानिकले एक प्रविधिको प्रयोग गरी पनिर बटरलाई हिरामा बदल्न सक्छन् । कोरियामा एक प्रकारको अक्टोपसलाई जिउँदै खाने गरिन्छ । यस अक्टोपसलाई कोरियामा सन्नकजी भनिन्छ ।आधुनिक रेफ्रिजेरेटरको आविष्कार भइसकेको थिएन, त्यस समय रुस र फिनल्याण्डमा मानिसले दुधमा जिउँदो भुरा भ्यागुता राखेर छोडिदिन्थे, जसले गर्दा दुध बिग्रदैन थियो ।

यदि तपाई आफूलाई मनपर्ने खानाको बारेमा सोच्नुहुन्छ भने तपाईभित्र डोपमाइन नामक हर्मोन उत्पादन हुन्छ, जसले राम्रो महशुस गराउँछ । यही हर्मोन सेक्स र मनोरञ्जनको रुपमा औषधिको प्रयोगबाट रिलिज हुन्छ । यसको अर्थ, यदि तपाई आफूलाई मनपर्ने खानाको बारेमा सोच्नु भयो भने यसले फाइदा गर्छ ।कलेजोलाई हेपाटाइटिस जस्ता रोगले हाम्रो जति असर पुर्याउँछ, त्यति नै असर फस्टफूडले पनि पुर्याउने एक अध्ययनबाट पत्ता लागेको छ । जंग फू्रडमा उपलब्ध बोसो तथा स्याचुरेटिडले ‘फ्याट्स फ्याटी लिभर’को स्थिति उत्पन्न हुन्छ, जसका कारण लिभर फेल हुनसक्छ ।

अहिले कुखुराको मासुमा ‘फ्याट’ बढ्दै गइरहेको पाउन सक्छौ र प्रोटिन निक्कै कम हुन्छ । एक अध्ययन अनुसार, सन् १९७०को दशकमा कुखुराको मासुमा जति बोसो पाइन्थ्यो, अहिले त्यसको तुलनामा २६६ प्रतिशत बढी पाइन्छ ।विश्वमा आमाको दुध एकमात्र यस्तो चीज हो, जसमा सबै पोषक तत्व पाउँछ र कुनै पनि त्यस्तो चीज छैन, जसमा एकसाथ धेरै खाले पोष्क तत्व पाइन्छ । हवाईजहाजमा खानाको स्वाद राम्रो लाग्दैन, किनकि धेरै उचाईमा पुग्दा हाम्रो सुघ्ने र स्वादको क्षमतामा २० देखि ५० प्रतिशतले गिरावट आउँछ ।
– एजेन्सी

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ३६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने