२०८२, ९ मंसिर मंगलबार

खाने कुराबारे यस्ता छन् रोचक जानकारी

खाने कुराबारे यस्ता छन् रोचक जानकारी


स्टिक आइसक्रिम अर्थात सिन्कामा जमेको आइसक्रिमको आविष्कार ११ वर्षीय एक युवक ‘ई–इपर्सन’ले सन् १९०५ मा गरेका हुन् ।ती युवकले रातको समयमा आफ्नो घरको पछाडि पट्टी ‘फ्लेभर्ड सोडा बटर’मा सिन्का राखेर छोडिदिए र अर्को दिन बिहान यो जमेको देखियो । त्यसपछि आइसक्रिमको उत्पादन सुरु भएको हो ।

वैज्ञानिकले एक प्रविधिको प्रयोग गरी पनिर बटरलाई हिरामा बदल्न सक्छन् । कोरियामा एक प्रकारको अक्टोपसलाई जिउँदै खाने गरिन्छ । यस अक्टोपसलाई कोरियामा सन्नकजी भनिन्छ ।आधुनिक रेफ्रिजेरेटरको आविष्कार भइसकेको थिएन, त्यस समय रुस र फिनल्याण्डमा मानिसले दुधमा जिउँदो भुरा भ्यागुता राखेर छोडिदिन्थे, जसले गर्दा दुध बिग्रदैन थियो ।

यदि तपाई आफूलाई मनपर्ने खानाको बारेमा सोच्नुहुन्छ भने तपाईभित्र डोपमाइन नामक हर्मोन उत्पादन हुन्छ, जसले राम्रो महशुस गराउँछ । यही हर्मोन सेक्स र मनोरञ्जनको रुपमा औषधिको प्रयोगबाट रिलिज हुन्छ । यसको अर्थ, यदि तपाई आफूलाई मनपर्ने खानाको बारेमा सोच्नु भयो भने यसले फाइदा गर्छ ।कलेजोलाई हेपाटाइटिस जस्ता रोगले हाम्रो जति असर पुर्याउँछ, त्यति नै असर फस्टफूडले पनि पुर्याउने एक अध्ययनबाट पत्ता लागेको छ । जंग फू्रडमा उपलब्ध बोसो तथा स्याचुरेटिडले ‘फ्याट्स फ्याटी लिभर’को स्थिति उत्पन्न हुन्छ, जसका कारण लिभर फेल हुनसक्छ ।

अहिले कुखुराको मासुमा ‘फ्याट’ बढ्दै गइरहेको पाउन सक्छौ र प्रोटिन निक्कै कम हुन्छ । एक अध्ययन अनुसार, सन् १९७०को दशकमा कुखुराको मासुमा जति बोसो पाइन्थ्यो, अहिले त्यसको तुलनामा २६६ प्रतिशत बढी पाइन्छ ।विश्वमा आमाको दुध एकमात्र यस्तो चीज हो, जसमा सबै पोषक तत्व पाउँछ र कुनै पनि त्यस्तो चीज छैन, जसमा एकसाथ धेरै खाले पोष्क तत्व पाइन्छ । हवाईजहाजमा खानाको स्वाद राम्रो लाग्दैन, किनकि धेरै उचाईमा पुग्दा हाम्रो सुघ्ने र स्वादको क्षमतामा २० देखि ५० प्रतिशतले गिरावट आउँछ ।
– एजेन्सी

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ३६ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा