२०८३, १४ श्रावण शुक्रबार

फ्लोरिकल्चर काभ्रेको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित

फ्लोरिकल्चर काभ्रेको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत निर्वाचित


धुलिखेल/ फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाको अध्यक्षमा विरेन्द्र बहादुर श्रेष्ठ सर्बसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार धुलिखेलमा भएको ७ औँ साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ विगत १७ वर्ष देखि पुष्प खेतीमा आबद्ध छन् ।

अधिवेशनबाट उपाध्यक्षमा भेष बहादुर दनुवार, सचिवमा शम्भु तामाङ र कोषाध्यक्षमा रुद्र बहादुर खड्का पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा किरण खरेल, जर्नादन गौतम र ठाकुर प्रसाद दाहाल चयन भएका छन् ।

अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि श्रेष्ठले जिल्लामा पुष्प खेतीको विस्तार र विकासमा आफ्नो पुरै कार्यकाल लगाउने प्रतिबद्धता ब्यक्त गरे । ‘खेती योग्य जमिन खण्डिकरण भइरहेको छ उनले भने ‘यो विषयमा पनि जिल्लाका सबै स्थानीय निकायलाई सचेत गराउँदै सम्भावित ठाउँमा पुष्प खेतीको विकास र विस्तारमा ध्यान केन्द्रित गर्नेछु ।’

यसैबीच फ्लोरिकल्चर एशोसियसन नेपालले तेस्रो अधिवेशनका अवसर पारेर पत्रकार प्रकाश सुन्दासलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट पुष्प खेतीको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै पत्रकार सुन्दासलाई सम्मान गरिएको फ्लोरिकल्चर एशोसियसन नेपालका नवनिर्वाचित उपाध्यक्ष भेष बहादुर दनुवारले बताए । सुन्दास झण्डै एक दशक देखि काभ्रे जिल्लामा सक्रिय रुपमा पत्रकारिता गरिरहेका छन् ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ५ : १६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा