२०८२, ११ भाद्र बिहीबार

शंकाको घेरामा ऐन : गृहमन्त्रीले हस्ताक्षर गर्नुपर्नेमा रक्षामन्त्रीको हस्ताक्षर

शंकाको घेरामा ऐन : गृहमन्त्रीले हस्ताक्षर गर्नुपर्नेमा रक्षामन्त्रीको हस्ताक्षर


काठमाडौं, असोज १९ : सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक शंकाको घेरमा परेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

संघीय संसद सचिवालयमा दर्ता भएर संसदमा छलफल भई राज्य व्यवस्था समितिमा आएको विधेयकमा गृहमन्त्री रामबहादुर थापाले हस्ताक्षर गर्नुपर्नेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हस्ताक्षर गरेका छन् ।

स्रोतका अनुसार विधेयकमा गृहमन्त्री रामबहादुर थापाले असन्तुष्टि जनाएपछि उपप्रधानमन्त्री पोखरेलले हस्ताक्षर गरेको बताइएको छ । विधेयकमा असहमति व्यक्त नगर्ने शर्तमा मन्त्री थापा चुपचाप लागेको स्रोतको दावी छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीले त्यसबारे आफुलाई जानकारी नभएको बताए । ‘गृहमन्त्रीले किन हस्ताक्षर गर्नु भएन भन्ने बुझनुपर्छ अहिले नै भन्न सकिएन’ प्रवक्ता सुबेदीले भने । संसद सचिवालयमा साउन २२ गते प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएर ६ दिनपछि संसदमा उक्त बिधेयक प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ६ : ३८ बजे

दूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि सुरु भएको

आईटी क्षेत्रमा दक्ष जनशक्तिलाई दुई लाखसम्म तलबको व्यवस्था : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) क्षेत्रमा

साउथ अस्ट्रेलियासँग नेपाल तीन विकेटले पराजित

काठमाडौं । नेपाली टोली आफ्नो तेस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग

सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउनेछ फैसला ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को लामो समयदेखि चलेको

ऋषि पञ्चमी व्रत संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषि पञ्चमीको अवसरमा शुभकामना