२०८२, १५ माघ बिहीबार

वनमा फेरी पनि वाम बाहुल्य

वनमा फेरी पनि वाम बाहुल्य


काठमाडौं, असोज १९ :सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)मा फेरी पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न छैंठौ महाधिवेशनबाट दुई तिहाई भन्दा बढी पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका चुनिएका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

फेकोफोनको करिव अढाई दशक लामो इतिहासमा नेपाली काँग्रेस निकटका वनकर्मीले अहिलेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन् । यसपटक उपाध्यक्ष भीमलाल श्रेष्ठ बाहेक केन्द्रका सबै महत्वर्पूण जिम्मेवारीमा नेकपा समर्थित पदाधिकारी निर्वाचित भएका छन् । छैठौ महाधिवेशनले निर्वतमान महासचिव भारती पाठकलाई सर्वसम्मत् रुपमा अध्यक्षमा चयन गरेको छ भने बहुसंख्यक केन्द्रिय पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव, सचिव, कोषाध्यक्षमा क्रमश स् बिर्खबहादुर शाही, ठाकुर भण्डारी र पार्वता गौतम चयन हुनु भएको छ । महाधिवेशनले ८८ जना केन्द्रिय चयन गरेकोमा काँग्रेस समर्थित १६ जना मात्रै केन्द्रमा चुनिएका छन् । देशभरीबाट ८ सय भन्दा बढी प्रतिनिधी सहभागी महाधिवेशनमा काँग्रेस समर्थक ६५ जना मात्रै सहभागी भए । बुधवार काठमाडौंमा सम्पन्न अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ पदाधिकारी चयन गरेको हो ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ६ : ३२ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला