२०८३, २५ आश्विन सोमबार

वनमा फेरी पनि वाम बाहुल्य

वनमा फेरी पनि वाम बाहुल्य


काठमाडौं, असोज १९ :सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफोन)मा फेरी पनि वाम बाहुल्य नेतृत्व निर्वाचित भएको छ । काठमाडौंमा सम्पन्न छैंठौ महाधिवेशनबाट दुई तिहाई भन्दा बढी पदाधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका चुनिएका छन् । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

फेकोफोनको करिव अढाई दशक लामो इतिहासमा नेपाली काँग्रेस निकटका वनकर्मीले अहिलेसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छैनन् । यसपटक उपाध्यक्ष भीमलाल श्रेष्ठ बाहेक केन्द्रका सबै महत्वर्पूण जिम्मेवारीमा नेकपा समर्थित पदाधिकारी निर्वाचित भएका छन् । छैठौ महाधिवेशनले निर्वतमान महासचिव भारती पाठकलाई सर्वसम्मत् रुपमा अध्यक्षमा चयन गरेको छ भने बहुसंख्यक केन्द्रिय पदाधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

महासचिव, सचिव, कोषाध्यक्षमा क्रमश स् बिर्खबहादुर शाही, ठाकुर भण्डारी र पार्वता गौतम चयन हुनु भएको छ । महाधिवेशनले ८८ जना केन्द्रिय चयन गरेकोमा काँग्रेस समर्थित १६ जना मात्रै केन्द्रमा चुनिएका छन् । देशभरीबाट ८ सय भन्दा बढी प्रतिनिधी सहभागी महाधिवेशनमा काँग्रेस समर्थक ६५ जना मात्रै सहभागी भए । बुधवार काठमाडौंमा सम्पन्न अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि नयाँ पदाधिकारी चयन गरेको हो ।

प्रकाशित मिति : २०७५, १९ आश्विन शुक्रबार  ६ : ३२ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम