२०८३, ६ कार्तिक शुक्रबार

लमहीमा आमाछोरी मृत फेला

लमहीमा आमाछोरी मृत फेला


लमही, १८ असोज  : बबइ गाउँपालिका–४ हसनापुर आमाछोरी मृत फेला परेका छन् । हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ ।

स्थानीयले आज बेलुकी ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब सड्ने अवस्थामा रहेकाले ४/५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । आफन्तले हत्या भएको हुनसक्ने भन्दै शब उठाउन मानेका छैनन् ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  १० : ५९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट