२०८३, १० जेष्ठ सोमबार

लमहीमा आमाछोरी मृत फेला

लमहीमा आमाछोरी मृत फेला


लमही, १८ असोज  : बबइ गाउँपालिका–४ हसनापुर आमाछोरी मृत फेला परेका छन् । हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उहाँकी तीन वर्षीया छोरी कृतिका आज मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ ।

स्थानीयले आज बेलुकी ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शब सड्ने अवस्थामा रहेकाले ४/५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । आफन्तले हत्या भएको हुनसक्ने भन्दै शब उठाउन मानेका छैनन् ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  १० : ५९ बजे

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको

इरान सम्झौतामा ट्रम्पको ‘ब्रेक’ : हर्मुज अझै अमेरिकी निगरानीमा

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्धविराम तथा आणविक सम्झौतामा

अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अघि बढ्ने : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव महेश बस्नेतले पार्टी

असार दोस्रो साता एमाले केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक असारको

हिमालमा हिमपात, तराईमा तातो हावा : मौसमले देखायो दोहोरो रूप

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी