२०८२, १५ माघ बिहीबार

बलात्कार गर्ने नेविसंघका नेता १० बर्ष कैद

बलात्कार गर्ने नेविसंघका नेता १० बर्ष कैद


काठमाडौँ– सामुहिक बलात्कारको अभियोगमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेतालार्इ १० बर्षको जेल सजाँय तोकिएको छ ।

पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलार्इ अदालतले कैद सजायँ सुनाएको हो । उनी पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति समेत हुन ।

क्षेत्रीलाई पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश सुर्यबहादुर थापाको इजलासले १० बर्ष कैद सजाय सुनाएको छ । क्षेत्री २०७४ चैत्र १५ गते सामुहिक बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

१६ वर्षीया बालिकालाई तीन जना मिलेर सामूहिक बलात्कार गरेका थिए । क्षेत्रीका साथै कुश्मा नगरपालिका–५ का सुजल श्रेष्ठ र फलेवास नगरपालिका–६ का सौगात शर्मा पौडेलले बालिका बलात्कार गरेका थिए ।

बाग्लुङको चैते दसै मेलाबाट फर्कदै गरेका दुई जना बालिकाललाई मोटरसाइकलमा लिफ्ट दिने भन्दै उनीहरुले होटलमा लगेर बलात्कार गरेका थिए ।

दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजा जिल्ला घर भएकी १६ बर्षीया बालिकालाई भाग्न खोज्दा खोज्दै समातेर बलात्कार गरेका थिए ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  १० : ११ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला