२०८३, १८ भाद्र शुक्रबार

४३औं चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो

४३औं चेस ओलम्पियाडमा नेपालले युगान्डालाई हरायो


काठमाडौँ, १८ असोज: जर्जियामा जारी ४३ औँ चेस ओलम्पियाडमा नेपालको पुरुष टोलीले युगान्डालाई ३–१ ले हराउँदै उपाधि होड कायम राखेको छ । समूह डी मा रहेको नेपालले नवौँ चरणको खेल जितेपछि नेपालको १० अङ्कका साथ दोस्रो स्थानमा छ । समान १० अङ्क नै बनाएको दक्षिण कोरिया शीर्ष र श्रीलङ्का तेस्रो स्थानमा छन् ।

तीस वटा मुलुक सहभागी यस समूहमा नवौँ चरणमा रिजेन्द्र राजभण्डारीले युगान्डाका साड्र«ाक कान्टीन्टीलाई पराजित गरे । अर्को बोर्डमा नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले प्याटिक काउमालाई र विवेक थिङले हारुना नसुबुगालाई हराए ।

हिमाल लामा अरथुर सेग्वानीसँग पराजित भएका थिए । दशौँ चरणमा नेपालले बलियो टोली चिलीसँग प्रतिस्पर्धा गर्नेछ । वरियतामा ४९औँ स्थानमा रहेको चिली नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो । बरियतामा नेपाल ११८औँ स्थानमा छ ।

यसैगरी महिलातर्फ नवौँ चरणको खेलमा नेपालले ट्रिनिडाड एन्ड टोवागोसँग ३–१ पराजित भएको छ । नेपालकी सिन्दीरा जोशी र मोनालिसा खाम्बुले बराबरी खेलेका थिए । सुशीला गुरुङ र सुजना लोहनीले भने हार टार्न सकेनन् । दशौँ चरणमा नेपालले घानासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ९ : ०२ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण