२०८३, ८ कार्तिक आईतबार

बलातकारीले भरिदै जेल, थपिँदै छन् वृद्धा पनि

बलातकारीले भरिदै जेल, थपिँदै छन् वृद्धा पनि


काठमाडौं, असोज १८: ‘बलात्कारी ‘बुढा’हरुले जेल भरिने भयो, ७८ वर्षका ‘सब्जी बाजे’ जिल्ला कारागारमा पुग्दा त्यहाँ मजाक चल्दै थियो। असोज ११ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेपछि १३ वर्षीया नातिनी बलात्कार काण्डका आरोपी सब्जीबाजे कारागार चलान भएका हुन्।नेपालगञ्ज कारागारले जेष्ठ नागरिक अर्थात बृद्धहरुलाई छुट्टै ठाउँमा राख्ने गर्दछ। सबै थुनुवासँग होइन कि बृद्धहरुलाई राख्न छुट्टै टहरा बनाइएको छ।

७८ वर्षका सब्जीबाजे कारागारको टहरामा पुग्दा ८० काटेका काल्चे दमाई र ७५ काटेका नैने दमाई त्यही थिए।यी दुईबीचमा आफूजस्तै कपाल फूलेका साथी सब्जीबाजे थपिए। काल्चे र नैने पनि ‘बलात्कार’ काण्डमा कारागार पुगेका हुन्। काल्चेले तीन वर्षअघि छिमेकी बालिकालाई घरमै बोलाएर जबरजस्ती गरेका थिए। आमा काम विशेषले छिमेकीको घरमा गएको बेलामा काल्चेले बालिकालाई जबरजस्ती गरेका थिए, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

नेपालगञ्ज कारागारका निमित्त जेलर श्याम लामिछानेका अनुसार, बलात्कारी थुनुवाहरु संख्याको हिसावले नेपालगञ्ज कारागारमा तेस्रो नम्बरमा परेका छन्। कारागारमा लागु औषध, कर्तब्य ज्यानपछि बलात्कारी थुनुवाको संख्याको अधिक रहेको छ। निमित्त जेलर लामिछानेले असोज १ गतेको तथ्यांकमा एक सय ५ जना बलात्कारी थुनुवा रहेको जानकारी दिए। उनले त्यसपछि पाँच जनाबढी थपिएको बताए।

प्रकाशित मिति : २०७५, १८ आश्विन बिहीबार  ७ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना