२०८३, २२ भाद्र मंगलबार

टिपर खुलाउन मोटो रकमको सेटिङ, खुलेकै दिन ठक्कर दिँदा काभ्रेका रामकृष्णको मृत्यु

टिपर खुलाउन मोटो रकमको सेटिङ, खुलेकै दिन ठक्कर दिँदा काभ्रेका रामकृष्णको मृत्यु


काठमाडौं १८ असोज :  प्रहरी र जिल्ला प्रशासनका कर्मचारीलाई मोटो रकमको सेटिङ मिलाएपछि खुलेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकल चालक काभ्रे डराउने पोखरीका २५ वर्षिय रामकृष्ण श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।

गत साउन १ देखि उपत्यकाका ललितपुर भक्तपुर र काठमाडौंमा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो ।

तर टिपर व्यवसायीले निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै दिउसो पनि टिपर चलाउन दिनुपर्ने माग राखी आन्दोलन घोषणा समेत गरेका थिए ।

टिपर व्यवसायी र काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले दुई घन्टालाई घटाएर साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको थियो ।

निर्णय अनुसार विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भएको थियो । टिपर खुलाउन मोटो रकमको सेटिङ भएको बुझिएको छ ।

तर, निर्णय भएको केही समय वित्न नपाउदै भक्तपुरमा टिपरको ठक्करले मोटरसाइ चालकको मृत्यु भएको हो ।

बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका हुन् ।

घटनापछि आक्रोशित स्थानीयले टिपरमाथि आगजनी समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ ।

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  १० : २९ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको