२०८२, १६ मंसिर मंगलबार

टिपर खुलाउन मोटो रकमको सेटिङ, खुलेकै दिन ठक्कर दिँदा काभ्रेका रामकृष्णको मृत्यु

टिपर खुलाउन मोटो रकमको सेटिङ, खुलेकै दिन ठक्कर दिँदा काभ्रेका रामकृष्णको मृत्यु


काठमाडौं १८ असोज :  प्रहरी र जिल्ला प्रशासनका कर्मचारीलाई मोटो रकमको सेटिङ मिलाएपछि खुलेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मोटरसाइकल चालक काभ्रे डराउने पोखरीका २५ वर्षिय रामकृष्ण श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए ।

गत साउन १ देखि उपत्यकाका ललितपुर भक्तपुर र काठमाडौंमा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो ।

तर टिपर व्यवसायीले निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै दिउसो पनि टिपर चलाउन दिनुपर्ने माग राखी आन्दोलन घोषणा समेत गरेका थिए ।

टिपर व्यवसायी र काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले दुई घन्टालाई घटाएर साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको थियो ।

निर्णय अनुसार विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भएको थियो । टिपर खुलाउन मोटो रकमको सेटिङ भएको बुझिएको छ ।

तर, निर्णय भएको केही समय वित्न नपाउदै भक्तपुरमा टिपरको ठक्करले मोटरसाइ चालकको मृत्यु भएको हो ।

बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका हुन् ।

घटनापछि आक्रोशित स्थानीयले टिपरमाथि आगजनी समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ ।

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  १० : २९ बजे

नेपाली कांग्रेसमा महाधिवेशनको समयतालिका विवाद, गगन थापाको अतिरिक्त प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार केन्द्रीय

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज