२०८२, ११ कार्तिक सोमबार

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम


दमौली, १७ असोज: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताउनुभएको छ । आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताउनुभयो । “सरकार गठन भएको सात महीना मात्रै भएको छ, पुराना अवशेष हटाउन बाँकी नै छ, नयाँ किसिमले जानको निमित्त केही समय चाहिन्छ, पैसा जुटाउनुप¥यो, यी सबै काम गर्दै जान केही समय लागेको हो,” उहाँले भन्नुभयो ।

चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उहाँले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताउनुभयो । “पाँच वर्षभित्र परिणाम खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो घोषणालाई अहिल्यै कसैले खोज्न थाल्यो भने असम्भव छ, त्यो कुरा बुझ्न नचाहनेले अलि बढी प्रचार गरेका छन् ।” जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उहाँले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताउनुभयो । “यो प्रतिपक्षीको अधिकारको कुरा हो, यसमा हाम्रो भन्नु केही छैन,” उहाँले भन्नुभयो ।

सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उहाँले यी सबै कुरा विस्तारै हट्दै जाने समेत बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिका विषयमा बोल्दै उहाँले यो घर भित्रको सामान्य कुरा मात्रै भएको बताउनुभयो ।

केही दिनअघि सरकारको विरोध गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपालले दिनुभएको सम्बोधनप्रति गौतमले भन्नुभयो, “आफू अनुपस्थित भएको बेलामा सचिवालयले ठूला–ठूला निर्णय ग¥यो भन्ने मात्रै गुनासो माधव नेपालले गर्नुभएको हो ।” पार्टी विधानअनुसार अध्यक्ष र महासचिव अनुपस्थित भए मात्रै निर्णय हुन नसक्ने तर अरूको अनुपस्थितिले निर्णय प्रक्रियामा कुनै असर नगर्ने गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “म नभएको बेलामा पनि धेरै निर्णय भएका छन् । यो त सामान्य विषय मात्रै हो ।”

गौतमले जिल्लास्तरमा पार्टी एकीकरणको प्रक्रिया शुरु भइसकेको भन्दै दुई÷तीन महीनाभित्रै काम सकिने जानकारी दिनुभयो । दश दिनअघि सचिवालयले एकीकरणका सन्दर्भमा निर्णय गरिसकेको र विभिन्न ठाउँमा बैठक बसेर एकीकरण टुङ्ग्याउने काम भइरहेको उहाँले बताउनुभयो । गौतमले अहिले दैनिकजसो बलात्कारका घटना घटिरहेको प्रति चिन्ता व्यक्त गर्दै अपराधीमाथि अलि कडा कारवाही प्रारम्भ गर्न नपाउँदा पनि केही समस्या सिर्जना भएको समेत बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ९ : ११ बजे

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर

छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई

छठ पर्वले सबैलाई परिवार, समुदाय र समग्र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गर्नेछ : राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक

छठ पर्वको सन्देश दिँदै प्रधानमन्त्री कार्कीले भनिन् -सबै नेपालीबीच एकताको खाँचो अझ बढी छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छठसहितका चाडपर्वहरूले नेपाली समाजमा सामाजिक