२०८२, २८ चैत्र आईतबार

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम

घोषणापत्रका प्रतिबद्धता पूरा हुन्छ : नेता गौतम


दमौली, १७ असोज: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले आगामी पाँच वर्षभित्र घोषणापत्रमा उल्लेख भएबमोजिम प्रतिबद्धता पूरा हुने बताउनुभएको छ । आज दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले सरकार गठन भएको सात महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु उचित नहुने बताउनुभयो । “सरकार गठन भएको सात महीना मात्रै भएको छ, पुराना अवशेष हटाउन बाँकी नै छ, नयाँ किसिमले जानको निमित्त केही समय चाहिन्छ, पैसा जुटाउनुप¥यो, यी सबै काम गर्दै जान केही समय लागेको हो,” उहाँले भन्नुभयो ।

चुनावका समयमा नेकपाले जारी गरेको घोषणापत्रअनुसार नै सरकारले काम गर्ने भन्दै उहाँले घोषणापत्रको लक्ष्य पाँच वर्षमा पूरा हुने बताउनुभयो । “पाँच वर्षभित्र परिणाम खोज्नुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो घोषणालाई अहिल्यै कसैले खोज्न थाल्यो भने असम्भव छ, त्यो कुरा बुझ्न नचाहनेले अलि बढी प्रचार गरेका छन् ।” जनताको आशा र अपेक्षा पनि बढिरहेको बताउँदै उहाँले प्रतिपक्षीमा रहेका दलले बढाई चढाई गरेर आलोचना गर्नाले पनि सरकारको विरोध भइरहेको बताउनुभयो । “यो प्रतिपक्षीको अधिकारको कुरा हो, यसमा हाम्रो भन्नु केही छैन,” उहाँले भन्नुभयो ।

सरकारको कामप्रति जनताको गुनासो रहेको र स्थानीय तहमा पनि धेरै कर लगाए भन्ने गुनासो जनताले गरेको भन्दै उहाँले यी सबै कुरा विस्तारै हट्दै जाने समेत बताउनुभयो । पार्टीभित्रको असन्तुष्टिका विषयमा बोल्दै उहाँले यो घर भित्रको सामान्य कुरा मात्रै भएको बताउनुभयो ।

केही दिनअघि सरकारको विरोध गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधव नेपालले दिनुभएको सम्बोधनप्रति गौतमले भन्नुभयो, “आफू अनुपस्थित भएको बेलामा सचिवालयले ठूला–ठूला निर्णय ग¥यो भन्ने मात्रै गुनासो माधव नेपालले गर्नुभएको हो ।” पार्टी विधानअनुसार अध्यक्ष र महासचिव अनुपस्थित भए मात्रै निर्णय हुन नसक्ने तर अरूको अनुपस्थितिले निर्णय प्रक्रियामा कुनै असर नगर्ने गौतमको भनाइ थियो । उहाँले भन्नुभयो, “म नभएको बेलामा पनि धेरै निर्णय भएका छन् । यो त सामान्य विषय मात्रै हो ।”

गौतमले जिल्लास्तरमा पार्टी एकीकरणको प्रक्रिया शुरु भइसकेको भन्दै दुई÷तीन महीनाभित्रै काम सकिने जानकारी दिनुभयो । दश दिनअघि सचिवालयले एकीकरणका सन्दर्भमा निर्णय गरिसकेको र विभिन्न ठाउँमा बैठक बसेर एकीकरण टुङ्ग्याउने काम भइरहेको उहाँले बताउनुभयो । गौतमले अहिले दैनिकजसो बलात्कारका घटना घटिरहेको प्रति चिन्ता व्यक्त गर्दै अपराधीमाथि अलि कडा कारवाही प्रारम्भ गर्न नपाउँदा पनि केही समस्या सिर्जना भएको समेत बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ९ : ११ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४