२०८३, २० श्रावण बिहीबार

सिन्धुपाल्चोकमा खादा निषेध गर्ने वडा अध्यक्षको राजीनामा माग

सिन्धुपाल्चोकमा खादा निषेध गर्ने वडा अध्यक्षको राजीनामा माग


काठमाडौं, असोज १७  आदिवासी जनजातिहरुले धार्मिक आस्थाको रुपमा मानिदै आएको खादालाई सार्वजानिक कार्यक्रमहरुमा निषेधको घोषणा गर्ने वडा अध्यक्षको राजीनामा माग गरेका छन् ।

जनजाति लगायत सबै समुदायले पाहुना सात्कारमा प्रयोग गरिदै आएको खादालाई निषेध गर्ने सुनकोशी गाउँपालिका वडा नं.१ का वडा अध्यक्ष नेत्रबहादुर कार्कीको आदिवासी जनजाति संघ संस्थाहरुले विज्ञप्ती मार्फत राजीनामा माग गरेका हुन् ।

नेपालमा क्रियाशिल रहेका १२ वटा जातिय संघ/ संस्थाले संयूक्त प्रेस विज्ञप्ति नै जारी गरी वडा अध्यक्ष कार्कीे जनजातिको विरुद्धमा लागेको आरोप समेत लगाएका छन् ।

विज्ञप्तिमा भनेका छन् ‘आदिवासी जनजातिको संस्कृति माथिको गम्भीर आक्रमण हो भने अर्कोतर्फ काुनूनी रुपमा नेपालको संविधान–२०७२ र मुलुकी संहिता ऐन परिच्छेद–९ धर्म सम्बन्धि कसुरको दफा–१५५ विपरित रहेकाले कानुनी प्रक्रृयामा जनो समेत उल्लेख गरिएको छ ।’

वडा अध्यक्ष कार्कीले २०७५ असोज ९ गते धार्मिक पवित्र वस्तु खादालाई आफ्नो वडा क्षेत्रभित्र २०७५ कातिक १ गतेदेखि लागू हुने गरी कुनैपनि सार्वजनिक कार्यक्रममा प्रयोग नगर्न निषेध जारी गरेको थियो ।

प्रेस विज्ञप्ति नेपाल तामाङ घेदुङ ३ नं. प्रदेश समिति, आदिवासी जनजाति महासंघ, नेपाल तामाङ घेदुङ, नेपाल शेर्पा संघ, जिरेल संघ नेपाल, तमु ह्युल छौंज धिं गुरुङ राष्ट्रिय परिषद्, ह्योल्मो सेवा समाज, नेपाल थामी समाज, नेपाल माझी उत्थान संघ, दनुवार जागरण समिति, नेपाल मगर संघ लगायतका दजनौ संघ संस्था रहेका छन् ।

 प्रेस विज्ञप्ति

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ९ : ०८ बजे

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार

सुन तोलामा १२ हजार २०० रुपैयाँ महँगियो, प्रतितोला २ लाख ९६ हजारमा कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार दोस्रो दिन पनि

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ

काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवाले दायर

मुख्यमन्त्री हटाउने हल्ला ‘सफेद झूट’, पार्टीको निर्देशन नै अन्तिम : शेरधन राई

विराटनगर । नेकपा (एमाले)का सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन

आलोचनापछि गृहमन्त्री सुधन गुरुङ झुके, राष्ट्रिय सभामै मागे माफी

काठमाडौ । राष्ट्रिय सभामा सांसदहरूसँग रुखो शैलीमा प्रस्तुत भएका गृहमन्त्री