२०८२, १५ माघ बिहीबार

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव


जनकपुरधाम, १७ असोज: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले विदेशबाट दिनहुँ आउने शवले सबै नेपालीलाई पीडा दिएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको होे । उहाँले गरीबी तथा बेरोजगारीका नाममा अहिले पनि अन्तर्राष्ट्रिय जगतमा सहयोगको याचना गर्नुपर्ने अवस्था रहनु चिन्ताको विषय भएको बताउनुभयो ।

समाजवादी लोकतान्त्रिक टे«ड युनियन महासङ्घ नेपाल प्रदेश नं २ को प्रथम भेलाका अवसरमा आज यहाँ आयोजित समारोहमा उपप्रधानमन्त्री यादवले मगन्ते मानसिकताले परनिर्भरताको अन्त्य कहिल्यै हुन सक्दैन भन्नुभयो । उहाँले गरीबी, बेरोजगारी र अभावग्रस्त जनतालाई समानता, सम्पन्नता र अधिकार प्राप्त गराउनु अहिले पनि चुनौतीपूर्ण छ भन्दै सामाजिक न्याय र समृद्धिका लागि आर्थिक, शिक्षा, स्वास्थ्य, सिँचाइ, उद्योग, कलकारखाना स्थापना, कृषिको आधुनिकीकरण गर्न अपरिहार्य भएको बताउनुभयो ।

उहाँले सङ्घीयता र आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशी, विदेशी षडयन्त्र भइरहेकाले सबैलाई सजग रहन आग्रह गर्दै संविधान संशोधनविना मधेशी जनतासँग भइरहेको विभेदको अन्त्य हुन नसक्ने धारणा राख्नुभयो ।
–रासस

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ६ : ३२ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला