२०८३, २६ बैशाख आईतबार

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव

देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्छ : उपप्रधानमन्त्री यादव


जनकपुरधाम, १७ असोज: उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वदेशमै रोजगारीको सिर्जना गरेर देशलाई समृद्धितर्फ लैजान सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवले विदेशबाट दिनहुँ आउने शवले सबै नेपालीलाई पीडा दिएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको होे । उहाँले गरीबी तथा बेरोजगारीका नाममा अहिले पनि अन्तर्राष्ट्रिय जगतमा सहयोगको याचना गर्नुपर्ने अवस्था रहनु चिन्ताको विषय भएको बताउनुभयो ।

समाजवादी लोकतान्त्रिक टे«ड युनियन महासङ्घ नेपाल प्रदेश नं २ को प्रथम भेलाका अवसरमा आज यहाँ आयोजित समारोहमा उपप्रधानमन्त्री यादवले मगन्ते मानसिकताले परनिर्भरताको अन्त्य कहिल्यै हुन सक्दैन भन्नुभयो । उहाँले गरीबी, बेरोजगारी र अभावग्रस्त जनतालाई समानता, सम्पन्नता र अधिकार प्राप्त गराउनु अहिले पनि चुनौतीपूर्ण छ भन्दै सामाजिक न्याय र समृद्धिका लागि आर्थिक, शिक्षा, स्वास्थ्य, सिँचाइ, उद्योग, कलकारखाना स्थापना, कृषिको आधुनिकीकरण गर्न अपरिहार्य भएको बताउनुभयो ।

उहाँले सङ्घीयता र आन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशी, विदेशी षडयन्त्र भइरहेकाले सबैलाई सजग रहन आग्रह गर्दै संविधान संशोधनविना मधेशी जनतासँग भइरहेको विभेदको अन्त्य हुन नसक्ने धारणा राख्नुभयो ।
–रासस

प्रकाशित मिति : २०७५, १७ आश्विन बुधबार  ६ : ३२ बजे

बिहे भोजपछि ९३ जना बिरामी, ५० जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । एक स्थानीय बिहे भोजपछि ठूलो संख्यामा पाहुनाहरू बिरामी परेका

ट्राफिकको ‘कडा स्ट्राइक’, ३१ चालकको लाइसेन्स खोसिने तयारी

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना सवारी चालकको सवारी

बर्दिबासमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको आन्दोलन चर्कियो

काठमाडौं । सरकारी, ऐलानी लगायतका जग्गाबाट बस्ती हटाउने सरकारी निर्णयको विरोधमा

आजको मौसमः केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान

राष्ट्रिय स्वतन्त्र पार्टी को सचिवालय बैठक आज, ६ एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज साँझ ६ बजे