२०८३, ३ आश्विन आईतबार

खानी र पानी सँगसँगै चल्दैन : सञ्चारमञ्त्री बाँस्कोटा

खानी र पानी सँगसँगै चल्दैन : सञ्चारमञ्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १६ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “अनधिकृत रुपमा प्राकृतिक स्रोतमाथि दोहन भइरहेको छ, यसले सङ्कट निम्त्याउँछ भन्नेमा सबैले ध्यान दिनुपर्छ, खानी र पानी सँगै चल्दैन ।’ उहाँले पानीको स्रोत भएका अधिकांश क्षेत्रमै ढुङ्गाखानी सञ्चालन भइरहेकाले पानीको स्रोतमाथि गम्भीर असर भइरहेको बताउनुभयो ।”

मन्त्री बाँस्कोटाले स्रोतमाथिको दोहनले मुलुकभर खानेपानीको स्रोतमाथि सङ्कट आइरहेकाले यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न सरोकार भएकाहरुले छिट्टै ध्यान दिनु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसको जीवनसँग मिनेट मिनेटमा जोडिएको पानीको स्रोतमाथिको आक्रमण तत्काल रोकिनुपर्छ, यसका लागि स्थानीय तहले दायित्वबोध गर्नुपर्छ ।” मन्त्री बाँस्कोटाले ‘स्रोतमाथिको चोट’ नियन्त्रण गर्न नसक्दा मेलम्ची खानेपानी आयोजनाको काम ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेलम्चीको पानी ल्याउने योजनामा काम गर्ने शैली फरक देखियो, स्रोतको क्षेत्रमा लाभको साझेदारी व्यवस्थापन नहुँदा ढिलाइ सहनुप¥यो ।”

मन्त्री बाँस्कोटाले एशियाली विकास बैंकले आफ्ना योजना समयमै सक्ने गरी ठेकेदारलाई चयन गर्नुपर्ने सुझाव दिँदै ठेकेदारले लापवाही र ढिलासुस्ती गरे सरकारलाई जानकारी गराउन अनुरोध गर्नुभयो । उहाँले ‘कुनै ठेकेदारले भनेअनुसारको गुणस्तरीय काम नगरेमा वा समयमै काम सम्पन्न नगरेको भए सरकारलाई जानकारी गराउनुस्, हामी छानबिन गरी तत्काल कारवाही गर्छौँ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले आयोगले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा शहरीकरण गर्न लागिएको बताउँदै आगामी १५ औँ योजनामा केही योजनाका ढाँचा बदल्दै अघि बढ्ने जानकारी दिनुभयो । खानेपानी मन्त्रालयका सहसचिव अनिलभद्र खनालले सरकारले अबको तीन वर्षमा प्रत्येक नेपालीका लागि आधारभूत खानेपानी तथा सरसफाइका काम सक्ने बताउनुभयो । “सन् २०३० भित्र दिगो विकास लक्ष्य पूरा गर्न एकीकृत खानेपानी तथा सरसफाइ विधेयक ल्याइनेछ, यसका लागि मस्यौदा पनि तयार भइरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूले काभे्रपलाञ्चोकका धुलिखेल, बनेपा र पनौती नगरका लागि सञ्चालित एकीकृत खानेपानी आयोजनाको काम ९८ प्रतिशत सकिएको र ६ महिनामा तीन नगरका करीब एक लाख परिवारमा २४ सै घण्टा खानेपानी पु¥याइने बताउनुभयो । खानेपानी मन्त्रालय, नगरपालिका सङ्घ तथा धुलिखेल नगरपालिकाको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने गोष्ठीमा २० नगरका प्रमुख एवं प्रतिनिधि तथा सातै प्रदेशका उत्कृष्ट खानेपानी उपभोक्ता समितिका पदाधिकारीको सहभागिता छ ।
-रासस

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ५ : ०६ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका