२०८३, ७ कार्तिक शनिबार

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड


काठमाडौं, असोज १६: प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ।बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ।

सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो। त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरेर भव्यता थपिएको छ। भीभीआईपीको आवास व्यवस्थापनको जिम्मेवारी पाएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले प्रधानमन्त्री निवास बालुवाटारको रूपरङ नै फेरिने गरी बगैंचा व्यवस्थापनको काम गरेको हो। त्यो अहिले अन्तिम चरणमा पुगेको छ।

केही दिनभित्रै सरकारका मुख्यसचिव पनि बालुवाटारमै बस्नेछन्। मुख्यसचिवको अत्याधुनिक चारतले आवास निर्माणका लागि ४ करोड ५१ लाख खर्च भएको भवन निर्माण सम्भार डिभिजन कार्यालयले जानकारी दिएको छ। आवासमा अत्याधुनिक पूजाकोठा र योग हलसमेत छ। पूर्ण रूपमा नेपालीपन झल्किने र कलात्मक डिजाइनका साथ मुख्यसचिवको आवास बनाइएको कार्यालयले बताएको छ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ७ : १६ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने