२०८३, १६ आश्विन शनिबार

गाई भैंसीलाई पनि २५ सय भत्ता

गाई भैंसीलाई पनि २५ सय भत्ता


काठमाडौं, असोज १६ : पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पु¥याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधान प्रति आकर्षण गराउन सुत्केरी गाईभैसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पशुचिकित्सक विमल शर्मा पौडेलले जानकारी दिनुभयो । कृत्रिम गर्भाधारण गराउदा उत्पादन वृद्धी हुनुका साथै नष्लमा समेत सुधार आउने उहाँले दावी गर्नुभयो ।

कृषकहरुलाई कृत्रिम गर्भाधारण गराउदाका फाइदाको बारेमा कृषक र जनप्रतिनिधीहरु मार्फत गाउँ गाउँमा चेतना फैलाउन थालिएको पौडेलले बताउनुभयो ।  त्यसैगरी दुग्ध सहकारी संस्था मार्फत दूध बिक्री वितरण गर्ने कृषकलाई प्रति लिटर दुई रुपैयाका दरले अनुदान दिने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७५, १६ आश्विन मंगलबार  ६ : ५८ बजे

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार

हिम्लुङ हिमालमा हिमपहिरो : बेपत्ता तेमालका तीन आरोही भेटिए

मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोपछि

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौं । अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२

उज्यालो नेपाल अब विकल्पमा सीमित रहँदैन : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीलाई देशको