२०८३, १८ बैशाख शनिबार

मुटुरोगबारे जनचेतना जगाउदै साइकल यात्रा

मुटुरोगबारे जनचेतना जगाउदै साइकल यात्रा


बनेपा १३ असोज  : विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ ।

ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा डेढ सय साइकल यात्री सहभागी थिए । यीनमा ८ वर्षका सुयोग बस्नेतदेखि ६५ वर्षका इन्द्र कर्माचार्य सहभागी थिए ।

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गरेको साइकलयात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नालाछाप, नाला गुम्बा हुँदै बजार परिक्रमा गरेको थियो । चण्डेश्वरी माविमा नालावासीले साइकल यात्रीलाई सगुनसहित स्वागत गरेका थिए ।

सहभागीहरुको स्वागतका लागि बनेपा वडा नं ३ र ४ का वडाध्यक्षहरु समेत उपस्थित थिए । उग्रचण्डी भगवती मन्दिरमा आयोजित कार्यक्रममा संरक्षण ब्याण्डको प्रस्तुति रहेको थियो ।

सोही अवसरमा जी व झिगु नाला समूहका संयोजक ईश्वर अनामणि श्रेष्ठले साइकल यात्राबाट संकलित रकमबाट खरीद गरेको औषधि तथा फर्निचर नाला हेल्थ सेन्टर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

मुटु रोगबारे युवाहरुमा जनचेतना जगाउने र प्राचीन शहर नालालाई बढीभन्दा बढी जनसमुदायसम्म पु¥याउन पहिलो पटक साइकल यात्रा आयोजना गरिएको श्रेष्ठको भनाई छ ।

समूहले चाँडै नै गंगालाल अस्पतालको सहयोगमा नालामा मुटु रोग सम्बन्धी जनचेतना कार्यक्रम र रोग परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ७ : २२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा