२०८२, ५ कार्तिक मंगलबार

मुटुरोगबारे जनचेतना जगाउदै साइकल यात्रा

मुटुरोगबारे जनचेतना जगाउदै साइकल यात्रा


बनेपा १३ असोज  : विश्व मुटु दिवसको अवसरमा जी व झिगु नाला समूहले शनिबार आयोजना गरेको ‘राइड टु नाला २०१८ पेडल फर नाला, पेडल फर हर्ट’ साइकल यात्रा सम्पन्न भएको छ ।

ऐतिहासिक शहर पाटनको मंगलबजारदेखि नालासम्मको २४ किलोमीटर दूरीको साइकल यात्रामा डेढ सय साइकल यात्री सहभागी थिए । यीनमा ८ वर्षका सुयोग बस्नेतदेखि ६५ वर्षका इन्द्र कर्माचार्य सहभागी थिए ।

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गरेको साइकलयात्रा लुभु, गुण्डु, सूर्यविनायक, च्यामासिंह, ताथली, नालाछाप, नाला गुम्बा हुँदै बजार परिक्रमा गरेको थियो । चण्डेश्वरी माविमा नालावासीले साइकल यात्रीलाई सगुनसहित स्वागत गरेका थिए ।

सहभागीहरुको स्वागतका लागि बनेपा वडा नं ३ र ४ का वडाध्यक्षहरु समेत उपस्थित थिए । उग्रचण्डी भगवती मन्दिरमा आयोजित कार्यक्रममा संरक्षण ब्याण्डको प्रस्तुति रहेको थियो ।

सोही अवसरमा जी व झिगु नाला समूहका संयोजक ईश्वर अनामणि श्रेष्ठले साइकल यात्राबाट संकलित रकमबाट खरीद गरेको औषधि तथा फर्निचर नाला हेल्थ सेन्टर व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

मुटु रोगबारे युवाहरुमा जनचेतना जगाउने र प्राचीन शहर नालालाई बढीभन्दा बढी जनसमुदायसम्म पु¥याउन पहिलो पटक साइकल यात्रा आयोजना गरिएको श्रेष्ठको भनाई छ ।

समूहले चाँडै नै गंगालाल अस्पतालको सहयोगमा नालामा मुटु रोग सम्बन्धी जनचेतना कार्यक्रम र रोग परीक्षण शिविर सञ्चालन गर्ने भएको छ ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ७ : २२ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,