२०८२, २८ चैत्र आईतबार

गरिब पहिचानमा चरम बेथिति : गरिब सूचीमा पूर्वमन्त्रीदेखि उद्योगपतिसम्म

गरिब पहिचानमा चरम बेथिति : गरिब सूचीमा पूर्वमन्त्रीदेखि उद्योगपतिसम्म


बाजुरा, असोज १५:  बाजुराका जनकराज गिरी सुदूरपश्चिम प्रदेशकै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । उनी २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद पदमा निर्वाचित र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भूमिसुधार सहायकमन्त्री थिए।

उनको नाम गरिब घरपरिवार सहयोग समन्वय बोर्डको सूचीमा ‘अति गरिब’मा क्रम संख्या २,६६,२४० मा सूचीकृत छ । गिरी राजनीतिमा आउनुअघि स्वामीकार्तिक माविका स्थायी शिक्षक थिए । यसबारे गिरीले आफूूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘आमा मात्रै घरमा भएका बेला नाम संकलन गरिएछ । मलाई केही थाहा छैन ।’

क्रम संख्या २,६९,५५६ मा सूचीकृत अजबहादुर मल्ल तत्कालीन नेकपा एमालेबाट दुईपटक जिल्ला विकास समिति सदस्य भइसकेका व्यक्ति हुन् । उनी गएको स्थानीय तह निर्वाचनमा हिमाली गाउँपालिका अध्यक्षमा उठेर पराजित भएका थिए । मल्लले सदरमुकाम मार्तडीमा दाजुभाइ ग्रिल उद्योग सञ्चालन गरेका छन् । मल्लको स्वामीकार्तिक मानासरोवर यातायात प्रालिमा आबद्धता छ । उनले गरिबको सूचीमा आफ्नो नाम समावेश भएकोबारे गिरीले जस्तै ‘आफूलाई केही जानकारी नभएको’ बताए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २०७५, १५ आश्विन सोमबार  ७ : ११ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४