२०८३, १० कार्तिक मंगलबार

डडेल्धुरामा जीप दुर्घटना: एक जनाको मृत्यु , आठ घाइते

डडेल्धुरामा जीप दुर्घटना: एक जनाको मृत्यु , आठ घाइते


परशुराम, कात्तिक १४ : डडेल्धुरामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवाको उपचारका क्रममा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

सदरमुकामदेखि गन्यापधुरातर्फ गइरहेको म १ ज ३११ नंको जीप मैलोडामा दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन् । घाइते हुनेमा गन्यापधुरा–२ का ४७ वर्षीय कर्ण देउवा, ४० वर्षीया सरुदेवी देउवा, ३३ वर्षीय लोकेन्द्र देउवा, १४ वर्षीया विमला देउवा, ३० वर्षीय योगेन्द्र देउवा, ६ वर्षीय सुवास देउवा, ३५ वर्षीय देवबहादुर देउवा र ११ वर्षीया मनिषा देउवा रहेका छन् ।

घाइतेहरुको उपक्षेत्रीय अपस्तल डडेल्धुरामा उपचार भइरहेको र दुर्घटनामा परी गम्भीर रहेका ६ वर्षीय सुवास देउवालाई धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : ३१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा