२०८२, १४ फाल्गुन बिहीबार

प्रदेश लोकसेवाको निष्पक्षतामा आशङ्का रहेको : अध्यक्ष मैनाली

प्रदेश लोकसेवाको निष्पक्षतामा आशङ्का रहेको : अध्यक्ष मैनाली


काठमाडौँ, १४ कात्तिक: लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ऐनबाट बनाउन थालिएको प्रदेश लोकसेवा आयोगले निष्पक्ष भएर काम गर्न नसक्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले यसअघि ऐनबाट बनेका विश्वविद्यालयका आयोग र अन्य आयोगमाथि प्रश्नचिह्न उठिरहेको बेला प्रदेश लोकसेवा आयोग पनि अछुतो नहुने बताउनुभयो ।

“ऐन संसद्को बहुमतबाट पास हुन्छ । प्रदेश संसद्ले ऐनको एउटा दफा परिवर्तन गरेर प्रदेश लोकसेवा आयोग आफू अनुकूल बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, ‘‘त्यसैले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड तोकेर सङ्घको जस्तो निष्पक्ष भएर काम गर्न सक्ने बनाउनु पर्दछ । निष्पक्ष हुन नसकेको खण्डमा हामीमाथि पनि लाञ्छना आउन सक्छ ।”

उहाँले सरकारलाई प्रदेश लोकसेवा आयोगको मस्यौदा बनाएर बुझाए पनि त्यसभन्दा अगाडि कुनै काम अगाडि बढ्न नसकेको बताउनुभयो । आयोगले सरकारको क्रियाकलापले संशोधन गरिएको तालिकामा पनि विज्ञापन हुने नहुनेमा शङ्का भएको उहाँको भनाइ रहेको थियो । “हामीले सरकारको आग्रहमा दुई महीना पछाडि विभिन्न पदको पदपूर्तिका लागि कार्यतालिका सारेका छौँ”, उहाँले भन्नुभयो, ‘‘समायोजन ऐन अध्यादेशबाट संशोधन गर्ने जस्ता सरकारको अहिलेको क्रियाकलापले दुई महीनामा पनि रिक्त दरबन्दीको विवरण पठाउन सक्दैन ।’’

अध्यक्ष मैनालीले सरकारले रिक्त दरबन्दीको विवरण नपठाए आफूसँग जति पदको विवरण आएको छ त्यति पदको मात्र विज्ञापन गर्ने जानकारी गराउनुभयो । उहाँले प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म लोकसेवा आयोगलाई नै कर्मचारी भर्ना गर्ने कानूनी व्यवस्था रहेको भन्दै प्रदेश सरकारले विवरण पठाएको खण्डमा छ महीनाभित्र पदपूर्ति गरेर पठाउने बताउनुभयो । राजनीतिक परिवर्तन भए पनि कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसात् गर्न नसकेको उहाँको धारणा रहेको थियो ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ७ : २७ बजे

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

चुनावबारे संशय सिर्जना गर्न खोजिएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह

बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा चुनावी गतिविधि

शंकर पोखरेल को संकल्प पत्र सार्वजनिक : ‘पाँच वर्ष-पाँच क्रान्ति’

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ

घरदैलो पछि सिन्धुलीमा एमाले उमेदवार उत्साहित

सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा