२०८३, १० कार्तिक मंगलबार

टरिगाउँ विमानस्थलमा हप्ताको तीन दिन विमान चल्ने

टरिगाउँ विमानस्थलमा हप्ताको तीन दिन विमान चल्ने


लमही, १४ कात्तिक: दाङको टरिगाउँ विमानस्थलमा अबदेखि हप्तामा तीन दिन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सको डाँफे विमानले हप्तामा दुई दिन मात्रै दाङ–काठमाडौँ उडान भर्दै आएकामा अब हप्तामा तीन दिन उडान भर्ने भएको छ । आज सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमनी चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, नेपाल वायु कमर्सियल डाइरेक्टर टङ्क निधि दाहाल, कमर्सियल डिपार्टमेन्ट निर्देशक सञ्जय पन्त, डेपुटी डाइरेक्टर सबिना शाक्यसहितको टोलीले छलफल गरी टरिगाउँ विमानस्थलमा हप्तामा तीन दिन हवाई उडान भर्ने सहमति गर्नुभएको हो ।

यसअघि सोमबार र शुक्रबार मात्रै उडान भर्दै आएको भए पनि अबदेखि बुधबार पनि जहाजले उडान भर्नेछ । नेपाल एयरलाइन्सका कमर्सियल डाइरेक्टर टङ्कनिधि दाहालका अनुसार मङ्सिर महीनाको पहिलो साताबाट सोमबार, बुधबार र शुक्रबार गरेर सातामा तीन पटक हवाई सेवा सञ्चालन हुने भएको हो । यात्रुहरुको मागअनुसार सातै दिन हवाई सेवा सञ्चालन गर्न सकिनेसमेत बताउनुभयो ।

साथै उपमहानगरसँगको सहमतिमा सेवासुविधा पनि थप गरिने उहाँको भनाइ छ । सातामा तीन पटक हवाई सेवा सञ्चालन भएसँगै हवाई भाडा पनि घट्ने बताउनुभयो । उपमहानगरपालिकाको पहलमा पछिल्लो समय असोज १९ गतेबाट नेपाल एयरलाइन्सको सानो जहाजले सातामा दुई पटक विमानसेवा सञ्चालन गर्दै आएको थियो । विमान सेवा सञ्चालन भएसँगै हवाई सेवाको प्रयोग गर्ने यात्रुलाई सहज भएको थियो । विमानस्थल सञ्चालन समितिका संयोजक सूर्यबहादुर डाँगीले अस्थायी इन्धन डिपो स्थापनाका लागि काम भइरहेको समेत बताउनुभयो । २०११ सालमा पहिलो पटक उडान भरिएको टरिगाउँ विमानस्थल पटक पटक अनियिमत हुने गरेको थियो । इन्धन डिपो नहुँदा उडानमा समस्या पर्ने गरेको छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : २७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना