२०८२, २१ असार शनिबार

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ


परासी, १४ कात्तिक: पश्चिम नवलपरासीको बर्दघाटबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले वडा नं ९ भानुनगरमा जाँच गर्ने क्रममा युपी५६एए १८४१ नं को भारतीय मोटरसाइकलमा सवार सरावल गाउँपालिका–२ बस्ने २३ वर्षीय मनोज यादव र सोही ठाउँमा बस्ने २८ वर्षीय मुन्नीप्रसाद केवटबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ८० क्याप्सुल, नाइट्रोभेट ४४७ ट्याबलेट र फेन्सिड्रिल एक सय मिलीलिटरको ५० थान फेला परेको छ । पक्राउ परेका दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ७ : ३८ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न