२०८३, ७ कार्तिक शनिबार

ह्रस्व दीर्घपछि एआईएले ल्यायो देश चिनाउन देउसी गीत (भिडियो)

ह्रस्व दीर्घपछि एआईएले ल्यायो देश चिनाउन देउसी गीत (भिडियो)


काठमाडौं : केही समयअघि ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुल (एआईए) ले देश चिनाउने देउसी गीत सार्वजनिक गरेको छ।

स्कुल परिवारले तयार पारेको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ। गीतका शब्द सिर्जना स्कुलकै शिक्षक बिमल घिमिरे, खगेश्वर गिरी र कृष्णप्रसाद गैरेले गरेका हुन्। गीतमा शिक्षक खगेश्वर, कृष्णप्रसादसँगै विद्यार्थीको श्वर समेटिएको छ। संगीत राजकुमार घिमिरेले भरेका हुन् भने विद्यालयकै शिक्षक र विद्यार्थीले भिडियोमा अभिनय गरेका छन्। अभियन गर्दा विद्यार्थी विद्यालय पोशाकमै सजिएका छन्।

गीतको छायांकन प्रविन तामाङले गरेका हुन् भने सम्पादनमासमेत उनकै मिहिनत देखिन्छ। गीतको छायांकन विद्यालय परिसरमै गरिको छ। गीतमा सात प्रदेश, प्रदेश राजधानी, स्थानीय तहको संख्या, मुख्यमन्त्रीको नाम र प्रदेशका प्रसिद्ध क्षेत्रलाई समेटिएको छ। गीतलाई स्कुलले सामाजिक विषयको शिक्षण सामाग्रीको रुपमा प्रस्तुत गरेको हो ।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ६ : २० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना