२०८३, २ भाद्र बुधबार

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा

काभ्रेका भूकम्पपीडितको अनुदान रकम बैंक खातामा


काभ्रे, १३ कात्तिक: यहाँका भूकम्पपीडितको आवास निर्माण अनुदान रकम बैंक खातामा पठाइएको छ । दशैँअघिसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइसँग माग गरिएको रकम बैंक खातामा पठाइएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दशैँअघि दोस्रो र तेस्रो किस्ताको रकमको माग भइआएका भूकम्पपीडितको रकम सम्बन्धित सबैका बैंक खातामा पठाइसकिएको छ ।” उहाँले दशैँपछि भने कुनै भूकम्पपीडितबाट अनुदान रकम माग नभएको जानकारी दिनुभयो । भूकम्पबाट क्षति भएका यहाँका निजी आवासमध्ये २७ दशमलव ५ प्रतिशत घर पुनःनिर्माण भएको र पुनःनिर्माणको काम तीव्र गतिमा भइरहेको बताइएको छ ।

कार्यान्वयन एकाइका अनुसार यहाँ भूकम्पपछि ६८ हजार ७७३ घरपरिवारले अनुदान सम्झौता गरी पहिलो किस्ताको रकम लिएका थिए । पहिलो किस्ता लिएकामध्ये कात्तिक दोस्रो सातासम्म १८ हजार ९१९ पीडितले घर पुनःनिर्माण सम्पन्न गरेको र ४४ हजार ७५७ पीडितले दोस्रो किस्तावापतको रकम बुझेका छन् । भूकम्पबाट क्षति भएका जिल्लाका ११२ गुम्बाको पुनःनिर्माणका लागि सर्भे गर्ने काम सम्पन्न भई प्राधिकरणमा पठाइसकिएको प्रमुख रेग्मीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४८ बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश