२०८३, १० कार्तिक मंगलबार

नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु


काठमाडौँ, १३ कार्तिक । सर्लाहीको रामनगर गाउँपालिका वडा नं २ रामनगरमा नेकपा र काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको गोली लागेर मृत्यु भएको छ ।

मंगलबार बिहान दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा चलेको गोली लागेर काँग्रेस कार्यकर्ता ५० वर्षीय रामविलास महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई सोमबार नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेको विषयमा मंगलबार बिहान दुई दलका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा सात जना घाइते भएको प्रहरीले जनाएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ५१ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा