२०८३, १३ आश्विन बुधबार

उदयपुरमा मगर गोही फेला

उदयपुरमा मगर गोही फेला


गाईघाट, १३ कात्तिक : उदयपुरको बेलका नगपालिका–३ स्थित मूर्ति खोलामा आज अपराह्न स्थानीय युवाले माछा मार्ने क्रममा मगर गोही भेटाएका छन् । करीब पाँच फिट लम्बाइ र ६० सेन्टिमिटरभन्दा बढी चौडाइको गोही मूर्ति खोलामा फेला परेको स्थानीयवासीलाई उद्धृत गर्दै डिभिजन वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सामान्य घाइते उक्त गोहीलाई वन कार्यालयका कर्मचारीले उपचारका लागि कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा बुझाएका छन् । सप्तकोशीबाट साना बच्चा हुँदा बर्खायाममा नै मूर्तिखोलामा प्रवेश गरेर उक्तगोही हुर्केको हुन सक्ने बताइएको छ । बेलका क्षेत्रमा १५ फिटसम्म लम्बाइ भएका अजिङ्गर, सालकलगायत मगरगोहीजस्ता दुर्लभ जन्तु वृद्धि भएर फैलँदै जान थालेको वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय