२०८३, १३ आश्विन बुधबार

बिरामी हुँदा पनि ठट्टामजाक गर्न छोडेनन् प्रधानमन्त्रीले, बाबुरामले गरे यस्तो ट्विट!

बिरामी हुँदा पनि ठट्टामजाक गर्न छोडेनन् प्रधानमन्त्रीले, बाबुरामले गरे यस्तो ट्विट!


काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन्। आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न भट्टराई बिहान त्यहाँ पुगेका थिए।

भेटपछि संयोजक भट्टराईले ट्वीट गर्दै प्रधानमन्त्री ओली हंखमुख देखिएको बताएका छन् ।

Baburam Bhattarai

✔@brb1954

प्रमलाई अस्पतालमा भेट्दा निकै हंसमुख देखिनुभो!अलिकति ठट्टामजाक पनि गर्नुभो!यसको अर्थ हामीले लगायौं-वहाँको स्वास्थ्य तन्दुरूस्त हुँदैछ! आखिर Laughter is the best medicine जो भनिन्छ! वहाँको शिघ्र पूर्ण स्वास्थ्यलाभको कामना!

प्रधानमन्त्री ओलीलाई आजै सभामुख कृष्ण बहादुर महरा पनि भेटि स्वास्थ्य लाभको कामना गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको उनले बताएका थिए।

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा डा अरुण सायमीले भने, “प्रधानमन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ।”

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो।प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबार्े जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति रहेको छ।

छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो सोमबार भर्ना भएका थिए।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ३४ बजे

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले

देउवा समूहले छुट्टै महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई दियो

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास