२०८२, १४ पुस सोमबार

शेयर बजार सामान्य बिन्दुले बढ्यो

शेयर बजार सामान्य बिन्दुले बढ्यो


काठमाडौँ, १३ कात्तिक: लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा आज वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार २२४ दशमलब ४३ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ५८ बिन्दुले बढेर २६० दशमलब ४३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भएको भएपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको नौ लाख २४ हजार ६६५ कित्ता शेयर रु २२ करोड १८ लाख चार हजार ४०६ मूल्यमा खरिद बिक्री भएको छ ।

आज कारोवार भएका दश उपसमूह मध्ये तीन उपसमूहको शेयर भने घटेको छ भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १२ दशमलब ८२, जलविद्युत् पाँच दशमलब चार र माइक्रोफाइनान्स एक बिन्दुले घटेको छ । यस्तै बैंकिङ नौ दशमलब १२, विकास बैंक १० दशमलब २१, वित्त शुन्य दशमलब ३९, निर्जीवन बीमा २२ दशमलब ९९, उत्पादन १३ दशमलब शुन्य तीन, अन्य पाँच दशमलब १३ र जीवन बीमा २३ दशमलब ६७ बिन्दुले बढेको छ ।

स्टककाअनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन् भने अपि पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ५ : ५९ बजे

राजनीतिक विखण्डन र ‘घण्टी’ मा विलिन हुने प्रवृत्ति

आजको दिनले विखण्डनकारी सोच, अराजक प्रवृत्ति र अवसरवादी शक्तिहरूको मिलनमार्फत

उज्यालो नेपाल रास्वपामा विलय, कुलमान उपसभापति

काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले