२०८३, १८ भाद्र शुक्रबार

पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता

पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता


काठमाडौँ, १३ कात्तिक: आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही कात्तिक २७ गतेदेखि हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु–१७ छात्रछात्रा एकल तथा भेट्रान्स (४५ वर्षमाथि) जोडी गरी सात विधामा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा २०६८ सालदेखि सो प्रतियोगिता हुँदै आएको छ । करिब रु १२ लाखको लागतमा सञ्चालन हुन लागेको सो प्रतियोगितामा पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले मेडल, ट्रफी, प्रमाणपत्रका साथै रु ५० हजार, रु २५ हजार र रु १० हजार, युगलतर्फ रु २० हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै यु–१७ छात्र तथा छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १५ हजार, रु सात हजार र रु पाँच÷पाँच हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । भेट्रान्सतर्फ विजयी शीर्ष तीन स्थान प्राप्त गर्नेले मेडल, ट्रफी तथा प्रमाणपत्रका साथै खेलकूद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा करिब २०० खेलाडी सहभागि हुने आयोजक संस्थाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ५ : ५२ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण