२०८२, ४ माघ आईतबार

पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता

पुष्पलाल स्मृति ब्याडमिन्टन कात्तिक अन्तिम साता


काठमाडौँ, १३ कात्तिक: आठौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता यही कात्तिक २७ गतेदेखि हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा हुने उक्त प्रतियोगितामा पुरुष र महिला एकल तथा युगल, यु–१७ छात्रछात्रा एकल तथा भेट्रान्स (४५ वर्षमाथि) जोडी गरी सात विधामा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा २०६८ सालदेखि सो प्रतियोगिता हुँदै आएको छ । करिब रु १२ लाखको लागतमा सञ्चालन हुन लागेको सो प्रतियोगितामा पुरुष÷महिला एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले मेडल, ट्रफी, प्रमाणपत्रका साथै रु ५० हजार, रु २५ हजार र रु १० हजार, युगलतर्फ रु २० हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै यु–१७ छात्र तथा छात्रातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु १५ हजार, रु सात हजार र रु पाँच÷पाँच हजारसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । भेट्रान्सतर्फ विजयी शीर्ष तीन स्थान प्राप्त गर्नेले मेडल, ट्रफी तथा प्रमाणपत्रका साथै खेलकूद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा करिब २०० खेलाडी सहभागि हुने आयोजक संस्थाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ५ : ५२ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ