२०८२, १९ मंसिर शुक्रबार

अस्पतालमा राजनीति नगर्न मुख्यमन्त्री शाहीको आग्रह

अस्पतालमा राजनीति नगर्न मुख्यमन्त्री शाहीको आग्रह


सुर्खेत, १३ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित कार्यक्रममा उहाँले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले उक्त अस्पतालमा जनशक्तिदेखि उपकरणसम्म व्यवस्थापन गर्न प्रदेश सरकार दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास मन्त्री दल रावलले कर्णालीवासीको जनस्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा सरकार केन्द्रीत हुनुपर्ने बताउनुभयो । अस्पतालका प्रमुख प्रा डा डम्बर खड्काले प्रदेश अस्पतालको स्तरोन्नति कर्णाली सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने विचार व्यक्त गर्नुभयो । विसं २०६२ मा ५० श्ययाको जिल्ला अस्पताललाई क्षेत्रीय अस्पतालका रुपमा रुपान्तरण गरिएको थियो । अस्पतालले हाल ११५ श्ययाबाट सेवा उपलब्ध गराउँदै आएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ५ : २८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको