२०८२, ३ माघ शनिबार

निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी

निर्मला पन्त हत्या प्रकण : आसपासका सयौँको डिएनए परीक्षणको तयारी


काठमाडौं, कार्तिक १३ : निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ ।घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका आफन्तहरुको समेत डिएनए परीक्षण गर्न लागिएको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ ।

मंगलबार डिएनए परीक्ष्णका लागि थप चार जनाको रगत परीक्षण गर्न लागिएको छ ।अनुसन्धानका क्रममा विभिन्न कोणबाट धेरै शंका देखिएका व्यक्तिहरुको डिएनए परीक्षण गर्न लागिएको कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।प्रहरीसँग अन्य प्रमाण नभएपछि डिएनएलाई नै अनुसन्धानको आधार बनाएको हो । अन्य देशमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।

शुरुमा चार जना र उनीहरु सबैको रिपोर्ट म्याच नभए क्रमशः सयौँ व्यक्तिहरुको डिएनए परीक्षण गर्ने तयारी छ । घटनाका बेला त्यहाँ आसपास भएका, खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरुमाथि डिएनए परीक्षण गर्न लागिएको अनुसन्धानमा आबद्ध एक अधिकारीले बताए ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ५१ बजे

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता

निर्वाचन आयोगको निर्णय अस्वीकार, देउवा पक्षद्वारा कानुनी र राजनीतिक संघर्षको घोषणा

काठमाडौँ। नेपाली कांग्रेस (शेरबहादुर देउवा पक्ष) ले निर्वाचन आयोगको निर्णयलाई

विकास गिरीको नेतृत्वमा झापामा युथ भोलिन्टियर फोर्स घोषणा

बिर्तामोड । झापामा युथ भोलिन्टियर फोर्स औपचारिक रूपमा घोषणा गरिएको