२०८३, ३० असार बुधबार

कस्तो छ प्रधानमन्त्रीलाई ?

कस्तो छ प्रधानमन्त्रीलाई ?


काठमाडौं, कार्तिक १३ : छातीमा संक्रमणसँगै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको आजको नयाँ पत्रिका दैनिकले समाचार प्रकाशित गरेको छ । दसैँको टिकाको दिनदेखि बिरामी परेका प्रधानमन्त्रीलाई सोमबार बिहान ४ः३० बजे महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

सेन्टरका निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले श्वासनलीमा भएको संक्रमणलाई मिर्गौलासम्म पुग्न नदिन चिकित्सकहरुले प्रयास गरिरहेको बताए ।दसैँको भिडभाडकै कारण मौसमी फ्लुको संक्रमण भएका प्रधानमन्त्रीलाई निजी चिकित्सक डा. दिलीप शर्माले घरमानै उपचार गरेका थिए ।तर, रगतमा सुगरको मात्रा बढेपछि त्यसलाई नियन्त्रण गर्न असफल भर्ना गरियो ।

प्रधानमन्त्रीको शरीर दुई दिनदेखि सुन्निएको छ । गाला, अनुहार र छाती रातो भएको छ । उनीमा स्वाइनफ्लु नगेटिभ छ । ज्वरो भने आएको छैन ।स्वासनलीमा संक्रमण देखिएपनि फोक्सो, मुटु र मिर्गौलासम्म पुगेको छैन । उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले पनि प्रधानमन्त्रीको मुटु र मिर्गौलामा समस्या नरहेको बताएका छन् ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ४५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै