२०८३, १८ भाद्र शुक्रबार

काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु, काभ्रेली फुटबलमा रम्दै

काभ्रेमा जुफा कप फुटबल प्रतियोगिता शुरु, काभ्रेली फुटबलमा रम्दै


दोलालघाट १२ कात्तिक : काभ्रेको ज्याम्दीमा दोस्रो जुफा कप फुटबल प्रतियोगिता शुरु भएको छ । गत शुक्रबार देखि शुरु भएको प्रतियोगितामा चौध टिम प्रतिष्पर्दामा उत्रेका छन् ।

ज्याम्दी युनाइटेड फुटबल एशोसिएसन जुफा ले विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर हरेक वर्ष जुफा कप फुटबल प्रतियोगिता आयोजना गदै आइरहेको छ । यस वर्षको प्रतियोगिता भने कार्तिक ९ गते देखि १९ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि यूवा संघ नेपालका कोषाध्यक्ष अमित लामाले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गदै लामाले देश विकासको मेरुदण्ड भनेकै यूवा वर्ग भएकाले सबै यूवाहरु परिवर्तनको अभियानमा लाग्नुपर्ने बताएका छन् । यसैगरी कार्यक्रममा जिसस काभेका सदस्य प्रेम लामा, नेकपा काभ्रेका सदस्य एवं यूवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा नेकपा ज्याम्दीका यूवा नेता भिम लामाले समाज परिवर्तनमा यूवाहरुले खेल्नुपर्ने भुमिकाका विषयमा मन्तव्य राखेका थिए ।

भुम्लु गाउँपालिका १० ज्याम्दीको देउराली खेलमैदानमा फुटबल प्रतियोगिता भैरहेको छ । फुटबल शुरु भएसंगै त्यस भेगका स्थानीयहरु दैनिक रुपमा खेलमा रम्दै आइरहेका छन् । प्रतियोगिातमा प्रथम हुनेलाई २५ हजार, द्धितिय हुनेलाई १५ हजार र तृतियलाई १० हजार नगद तथा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् ।

आयोजक संस्थाका अध्यक्ष टिकाराम लामाले उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ खेलाडि, उत्कृष्ठ मिल्डफिल्टर, उत्कृष्ठ किपर र अन्य खेलाडीहरुलाई समेत सम्मान गर्ने खबरघरलाई बताए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितारण कार्तिक १९ गते नेपाल सरकारका सुचना, सञ्चार तथा प्रविधी मन्त्री श्री माननीय गोकुलप्रसाद बाँस्कोटाले गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  १० : १२ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण