२०८३, ५ बैशाख आईतबार

गौचनको हत्यामा संलग्न तीन पक्राउ

गौचनको हत्यामा संलग्न तीन पक्राउ


काठमाडौँ, १२ कात्तिक: महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई पक्राउ गरेको हो । महाशाखाले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई आज पक्राउ गरेको हो ।

महाशाखाले आजै पत्रकार सम्मेलन गरी युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र गौचन हत्यामा संलग्नलाई पक्राउ गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले गौचनको हत्याका सुटरको रुपमा अम्बरबहादुर राना र तिवारीको हत्याको सुटरका रुपमा लोप्साङ रहेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “विसं २०७३ चैतमा काठमाडौँ बौद्धस्थित दिव्य पार्टी प्यालेसको जिम क्लबअगाडि दावा लामालाई गोली प्रहार गर्नेसमेत अम्बरबहादुर राना नै रहेको अनुसन्धानमा खुलेको छ,”उहाँले भन्नुभयो ।

लामा र गौचनको सुटर राना विस २०७२ मा कालीध्वज गण, इलामबाट नेपाली सेनाका भगौडा सिपाई रहेको महाशाखाले जनाएको छ । यी तीनैजना कारागारमा रहेका समिरमानसिंह बस्नेत र प्रहरी मुठभेडमा मारिएका मनोज पुनको निर्देशनमा विभिन्न समयमा हत्या र ज्यान मार्ने उद्योगमा संलग्न रहेको महाशाखाले जनाएको छ । प्रहरीले यसअघि घटनामा संलग्न रहेको भन्दै ११ जनालाई पक्राउ गरेपनि मुख्य सुटर भने पक्राउ गर्न सकेको थिएन । पक्राउ परेका तीनैजनालाई मङ्गलबार (भोलि) काठमाडौँ जिल्ला अदालतमा बुझाइने महाशाखाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ९ : ३० बजे

प्रत्यक्ष सांसद नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी ताेक्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रत्यक्ष निर्वाचित सांसद नरहेका

गुण्डागर्दीको आरोपमा निराजन पौडेल पक्राउ

काठमाडौँ । गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले “निरे” भनेर चिनिने

बागमतीमा मुख्यमन्त्री र प्रमुख सचिवबीच विवाद चुलियो, मन्त्रिपरिषद् बैठक प्रभावित

हेटौंडा । बागमती प्रदेश सरकारमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र प्रमुख

इरानको चेतावनी : स्ट्रेट अफ होर्मुज पार गर्न खोजे जहाजमाथि आक्रमण हुने

काठमाडौं । विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग मानिने स्ट्रेट अफ

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव