२०८२, १० चैत्र बुधबार

पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत

पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत


कास्की, १२ कात्तिक: पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् । चितवन राइनोजलार्ई पाँच विकेटले पराजित गर्दै घरेलु टोली पोखराले जारी प्रतियोगितामा दोस्रो जीत निकालेको हो ।

यहाँको रङ्गशाला खेलमैदानमा भइरहेको प्रतियोगितामा शुरुआतका ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किएपछि दवावमा परेको शरद भेषवाकर नेतृत्वको पोखराले त्यसपछि ब्याटिङमा आएका रवीन्द्र सिंहको ४८ बलमा ६५ रनको उत्कृष्ट ब्याटिङको योगदानले चितवनलाई हराउन सफल भयो ।
यसअघि चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन जोडेको थियो । जीतका लागि १४१ रनको लक्ष्य पोखराले १७ ओभरको दोस्रो बलमा भेट्टाएको थियो । आजको पहिलो खेलमा हुलास काठमाडाँै रोयल्सले विराटनगर टाइटन्समाथि पाँच विकेट अन्तरले जीत दर्ता गरायो ।

प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको काठमाडौँ विराटनगर टाइटन्सले दिएको १५० रनको विजयी लक्ष्य अन्तिम ओभरको दोस्रो बलमा अमर राउटेलाले छक्का प्रहार गरेपछि सङ्घर्षपूर्ण जीत निकाल्न सफल भएको थियो । विराटनगर २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोड्न सफल भएको थियो । काठमाडौँसँग पराजित भएपछि प्रतियोगितामा विराटनगरको तेस्रो हार भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ५७ बजे

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा

संसदको पहिलो बैठकमा हर्क साम्पाङका ४ प्रस्ताव, एमसीसी खारेज पहिलो एजेन्डा

विराटनगर । हर्क साम्पाङ ले प्रतिनिधिसभाको पहिलो बैठकमै एमसीसी खारेजी

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै हस्ताक्षर अभियान

काठमाडौँ । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले जेन्जी

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार