२०८२, २५ असार बुधबार

पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत

पोखरा पल्टन र काठमाडौँ रोयल्सको दोस्रो जीत


कास्की, १२ कात्तिक: पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र हुलास काठमाडौँ रोयल्सले दोस्रो जीत दर्ता गराएका छन् । चितवन राइनोजलार्ई पाँच विकेटले पराजित गर्दै घरेलु टोली पोखराले जारी प्रतियोगितामा दोस्रो जीत निकालेको हो ।

यहाँको रङ्गशाला खेलमैदानमा भइरहेको प्रतियोगितामा शुरुआतका ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किएपछि दवावमा परेको शरद भेषवाकर नेतृत्वको पोखराले त्यसपछि ब्याटिङमा आएका रवीन्द्र सिंहको ४८ बलमा ६५ रनको उत्कृष्ट ब्याटिङको योगदानले चितवनलाई हराउन सफल भयो ।
यसअघि चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १४० रन जोडेको थियो । जीतका लागि १४१ रनको लक्ष्य पोखराले १७ ओभरको दोस्रो बलमा भेट्टाएको थियो । आजको पहिलो खेलमा हुलास काठमाडाँै रोयल्सले विराटनगर टाइटन्समाथि पाँच विकेट अन्तरले जीत दर्ता गरायो ।

प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको काठमाडौँ विराटनगर टाइटन्सले दिएको १५० रनको विजयी लक्ष्य अन्तिम ओभरको दोस्रो बलमा अमर राउटेलाले छक्का प्रहार गरेपछि सङ्घर्षपूर्ण जीत निकाल्न सफल भएको थियो । विराटनगर २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोड्न सफल भएको थियो । काठमाडौँसँग पराजित भएपछि प्रतियोगितामा विराटनगरको तेस्रो हार भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ८ : ५७ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज