२०८२, ३० असार सोमबार

भक्तपुरमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ

भक्तपुरमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा शुभारम्भ


भक्तपुर, १२ कात्तिक: “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नारासहित भक्तपुरमा शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले शुभारम्भ गर्नुभएको छ । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले तीन पुरका घटनाले प्रहरीको साख गिरेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “पछिल्लो समयमा तीन पुरका घटनाले प्रहरीको शाख गिरेको छ, कञ्चनपुरको निर्मला पन्त हत्या प्रकरण, भक्तपुरको अपहरणपछिको हत्या प्रकरण र भरतपुरको टेप्पो काण्डबाट प्रहरीले पाठ सिकेर अघि बढ्नु पर्छ ।”

शान्ति सुरक्षामा प्रहरीका अलवा सबै समुदाय, नागरिकहरुको सक्रिय सहभागिता एवं भूमिका आवश्यक रहेको चर्चा गर्दै उहाँले समुदायसँग हातेमालो गर्दै प्रहरी अगाडि बढ्दा अपराध न्यूनीकरणमा सफल हुने धारणा राख्नुभयो । कार्यक्रममा मध्यपुर नगरपालिकाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रहरीलाई देखेर नागरिक डराउनुपर्ने र नागरिकलाई प्रहरीले तर्साउनुपर्ने अवस्था आउनु नहुनेमा जोड दिनुभयो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले प्रहरीले समुदायसँग सहकार्य र समन्वय गरेर शान्ति सुरक्षा कायम गर्ने बताउँदै प्रहरी सबैको साथी भएको बताउनुभयो ।

थिमि बृत्तका प्रमुख मिलन केसी, प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा, धुन्चे मगरगाउँ टोल सुधार समितिका अध्यक्ष तारानाथ लम्साल, गठ्ठाघर सामुदायिक प्रहरीका अध्यक्ष सुरेन्द्र बोगटी र प्रहरी नायव निरीक्षक भगवान भण्डारीलगायतले प्रहरी र नागरिकको बारेमा चर्चा गर्नुभएको थियो ।

सांस्कृतिक एवं कलाकार सम्मान
युवा वर्गलाई खेलकुदमा लगाएर खेलको विकास गर्ने उद्देश्यले बालकोटका युवाले खेलकुदको विकासका लागि सांस्कृतिक साँझ २०७५ को आयोजना बालकोट चोकमा कात्तिक २७ गते गर्ने भएको छ ।

अनन्तलिङ्गेश्वर खेलकुद क्लबले आज आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दिपेश श्रेष्ठले, “कलाकार राष्ट्रका गहणा हुन् कलाकारलाई सम्मान गरौं” भन्ने नाराका साथ कलाकार ईश्वर अमात्यलाई नगदसहित सम्मान गर्ने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ५४ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल