२०८३, २४ श्रावण सोमबार

राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत

राष्ट्रपति भण्डारी दोहामाः मन्त्रीद्वारा विमानस्थलमा स्वागत


कतार, १२, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमणको शिलशिलामा आज दोहा आइपुग्नु भएको छ। राष्ट्रपति भण्डारीलाई हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशाबिनसाद अलनोएमीले स्वागत गर्नु भएको थियो। मन्त्री अलनोएमीले स्वागत गर्नु अघि विमानबाट ओर्लिए लगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नु भएको थियो।

मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आजदेखि कतार भ्रमणमा हुनुहुन्छ । राष्ट्रपति भण्डारी विमानस्थलबाट सिधै उहाँलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल शेराटोन ग्राण्ड प्रस्थान गर्नु भएको छ । आजै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ३१ बजे

एकपछि अर्को राजमार्ग बन्द : पहिरो र बाढीले देशभर यातायात अस्तव्यस्त

काठमाडौं । अविरल वर्षापछि आएको पहिरो र नदी कटानका कारण

प्रतिनिधिसभा आज बस्दै, चार विधेयकसहित महत्वपूर्ण प्रस्तावमा छलफल

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे

चार महिनापछि बालेनको कूटनीतिक ‘युटर्न’ : भारत–चीनका राजदूतसँग वान टु वान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चार महिनापछि पहिलोपटक

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा