२०८२, २३ कार्तिक शनिबार

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न


दाङ, १२ कात्तिक : नागरिकलाई स्वच्च्छ, सफा तथा शुद्ध पिउने पानी वितरण गर्नेका लागि साढे दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांश घरमा अहिले पनि कुवा रहेको र स्थानीयवासीले त्यही कुवाको पानी पिउँदै आएका छन् ।

नेपाल सरकारको ७० अनुदान र उपभोक्ताको २० श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी दिनुभयो ।

यस योजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, फिल्टर मेशिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको भण्डारण ट्याङ्की निर्माण र पाइपलाइन विस्तारलगायत काम गरिएको पनि अध्यक्ष रजौरेले जानकारी दिनुभयो ।

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडाँैले पाएको हो । तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ४८ बजे

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत