२०८२, ३ माघ शनिबार

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न

दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजना सम्पन्न


दाङ, १२ कात्तिक : नागरिकलाई स्वच्च्छ, सफा तथा शुद्ध पिउने पानी वितरण गर्नेका लागि साढे दुई वर्ष पहिले शुरु गरेको नारायणपुर खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांश घरमा अहिले पनि कुवा रहेको र स्थानीयवासीले त्यही कुवाको पानी पिउँदै आएका छन् ।

नेपाल सरकारको ७० अनुदान र उपभोक्ताको २० श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी दिनुभयो ।

यस योजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, फिल्टर मेशिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको भण्डारण ट्याङ्की निर्माण र पाइपलाइन विस्तारलगायत काम गरिएको पनि अध्यक्ष रजौरेले जानकारी दिनुभयो ।

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडाँैले पाएको हो । तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ४८ बजे

भक्तपुरमा छोराद्वारा आमाको हत्या, अभियुक्त डिप्रेसनका बिरामी

भक्तपुर । भक्तपुरमा डिप्रेसनका बिरामी छोराले आफ्नै आमाको धारिलो हतियार

घ्याङलेख बैंक डकैतीमा संगठित गिरोह पर्दाफास, ७ पक्राउसहित २ करोड ६६ लाख रुपैयाँ बरामद

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका-२ हायुटारस्थित नेपाल एसबिआई बैंक शाखामा

प्रतिनिधि सभा निर्वाचनका लागि एमाले उम्मेदवार टुंग्याउन सचिवालय बैठक आज

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

निर्वाचन आयोगको मान्यतापछि कांग्रेस केन्द्रीय समिति बैठक आज

काठमाडौँ । निर्वाचन आयोगबाट औपचारिक मान्यता पाएसँगै नेपाली कांग्रेसले आज

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र