२०८३, २८ असार सोमबार

‘पत्रकार खाशोगीको शव अझै भेटिएन’

‘पत्रकार खाशोगीको शव अझै भेटिएन’


इस्तावबुल, १२ कात्तिक : हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताउनु भएको छ । विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उहाँको शव अहिले सम्म नभेटिएको जानकारी दिनु भएको हो । साउदी अरबका मुख्य अभियोजनकर्ता शेख साउद अल माजेबले इस्तानबुलमा टर्कीका मुख्य अभियोजनकर्ता इर्फान फिडानलाई भेटेको पनि उहाँले बताउनुभयो ।

पत्रकार खशोग्गीको हत्याबारे दुई जनाको भेटवार्ताका क्रममा भएका सूचना आदान प्रदान उपलब्धीमुलक भएको उहाँको भनाई छ । उहाँहरुबीच एक घण्टा १५ मिनेट छलफल भएको समाचारमा जनाइएको छ । आगामी दिनमा अनुसन्धानलाई कसरी अगाडी बढाउने भन्ने बारेमा पनि उहाँहरुले छलफल गर्नु भएको बताइएको छ ।

पत्रकार खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि भने साउदी अरबमा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले यसअघि नै बताउनु भएको थियो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो । साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूतावासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उहाँको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ४३ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण