२०८२, २९ असार आईतबार

‘पत्रकार खाशोगीको शव अझै भेटिएन’

‘पत्रकार खाशोगीको शव अझै भेटिएन’


इस्तावबुल, १२ कात्तिक : हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताउनु भएको छ । विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उहाँको शव अहिले सम्म नभेटिएको जानकारी दिनु भएको हो । साउदी अरबका मुख्य अभियोजनकर्ता शेख साउद अल माजेबले इस्तानबुलमा टर्कीका मुख्य अभियोजनकर्ता इर्फान फिडानलाई भेटेको पनि उहाँले बताउनुभयो ।

पत्रकार खशोग्गीको हत्याबारे दुई जनाको भेटवार्ताका क्रममा भएका सूचना आदान प्रदान उपलब्धीमुलक भएको उहाँको भनाई छ । उहाँहरुबीच एक घण्टा १५ मिनेट छलफल भएको समाचारमा जनाइएको छ । आगामी दिनमा अनुसन्धानलाई कसरी अगाडी बढाउने भन्ने बारेमा पनि उहाँहरुले छलफल गर्नु भएको बताइएको छ ।

पत्रकार खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि भने साउदी अरबमा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले यसअघि नै बताउनु भएको थियो । अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो । साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूतावासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उहाँको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन ।
-रासस÷सिन्ह्वा

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ४३ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म